माथिल्लो अदालतले ट्रम्पलाई थोरै राहत दियो, मुद्दा चल्दासम्म उनको आदेशमा रोक नलाग्ने

डिसी नेपाल
१६ जेठ २०८२ १३:२९
276
Shares

काठमाडौं । अमेरिकी संघीय पुनरावेदन अदालतले म्यानहट्टनस्थित अमेरिकी अन्तर्राष्ट्रिय व्यापार अदालतको आदेशलाई अस्थायी रूपमा रोक लगाएको छ ।

तल्लो अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको कर लगाउने निर्णयलाई गैरकानूनी घोषित गरेको थियो तर पुनरावेदन अदालतले तल्लो अदालतको आदेशमाथि अल्पकालीन रोक लगाएको छ ।

अमेरिकी अन्तर्राष्ट्रिय व्यापार मामिला अदालतले बुधबार ह्वाइट हाउसको आपतकालीन कानूनले राष्ट्रपति ट्रम्पलाई प्रत्येक देशमा कर लगाउने अधिकार नदिएको फैसला सुनाएको थियो।

म्यानहट्टन अदालतले अमेरिकी संविधानले अन्य देशहरूसँगको व्यापारलाई नियमन गर्ने विशेष अधिकार कांग्रेस (संसद) लाई दिएको र राष्ट्रपतिको ‘अर्थतन्त्र सुधार गर्ने मनसाय’ को लागि यी अधिकारहरूमाथि अतिक्रमण गर्न नमिल्ने बताएको थियो।

ट्रम्प प्रशासनले उक्त निर्णय विरुद्ध अपील गर्‍यो। आफ्नो पुनरावेदनमा ट्रम्प प्रशासनले व्यापार मामिलामा अदालतको फैसलाले महिनौं लामो व्यापार वार्तालाई विथोल्ने खतरा रहेको बताएको छ।

ट्रम्प प्रशासनले भन्यो, “विदेश नीति र आर्थिक नीति अदालतले होइन, राजनीतिक शाखाहरूले बनाउँछन्।”

संघीय पुनरावेदन अदालतको अन्तरिम आदेश अनुसार, ट्रम्प प्रशासनले सुनुवाइ पूरा नभएसम्म आयात कर सङ्कलन जारी राख्न सक्छ।

यस मुद्दाको अर्को सुनुवाइ जुन ५ मा हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.