बजेटमा मन्त्रालयका योजना समेटिएपछि ‘मख्ख’ प्रकाशमान

डिसी नेपाल
१६ जेठ २०८२ १५:१५
248
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उपप्रधानमन्त्रीसहित सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेपछि उपत्यकाको नदी प्रणाली सुधार्ने र केही नयाँ परियोजना उपत्यकाभित्र सुरु गर्ने प्रतिवद्धता जनाएका थिए। जसअनुसार अहिले बजेटमा उनले गरेका प्रतिवद्धता सम्बोधन भएका छन्।

उसो त, अहिलेको बजेटमा सहरी विकास मन्त्रालयले काठमाडौंमा विभिन्न शीर्षकमा अर्बौं बजेट विनियोजन भएको छ। उनी काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन्।

उनले समहालेको मन्त्रालय सहरी विकास भएकाले पनि देशकै प्रमुख केन्द्र काठमाडौंले नयाँ बजेटमा महत्त्वपूर्ण स्थान पाउनु स्वभाविकै हो। काठमाडौंलाई सुन्दर बनाउने, नदी स्वच्छ बगाउने, भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीस्थल बनाउने, पार्क विकास र काठमाडौंभित्र ४ स्थानमा व्यवस्थित सहर बनाउनका लागि अर्बौं बजेट विनियोजन भएको छ।

यसअघिका बजेटमा काठमाडौं उपत्यकाले प्राथमिकता पाएन भन्ने गुनासो सुनिँदै आएको थियो। यसपटक सरकारले ल्याएको आब २०८२/८३ को बजेटमा काठमाडौं उपत्यकालाई राम्रै सम्बोधन गरिएको छ।

सहरी विकास मन्त्रालयको बजेट १ खर्ब १८ अर्ब ३४ करोड

– काठमाडौंका नदि र कोरिडोरमा ३ अर्ब

बागमती लगायत उपत्यकाका नदिलाई स्वच्छ बनाउन र काठमाडौं उपत्यकाभित्र कोरिडोर सडक विस्तार गर्न ३ अर्ब ४२ करोड विनियोजन

– अब हिमाल हेर्दै खेल

काठमाडौंको पर्यटकीयस्थल जहरसिंहपौवामा स्टेडियम र गणेशमान सिंह पार्क बन्नेछ। जहरसिंह पौवाबाट हिमश्रृंखला हेर्दै खेल हेर्न सकिनेछ। जहरसिंह पौवामा २५ हजार सिट क्षमताको स्टेडियम बन्नेछ।

– व्यवस्थित वस्ती विकास

काठमाडौं उपत्यकाको ईशान, आग्नेय, तारकेश्वर र डुकुछापमा जग्ग विकास आयोजना सञ्चालन गरिनेछ।

– युटिलिटि कोरिडोर

काठमाडौं उपत्यका लगायत प्रमुख सहरको सौन्दर्य तथा आधारभूत सेवाको गुणस्तर वृद्धि गर्न युटिलिटी कोरिडोरको अवधारणा कार्यान्वयन गर्ने

– नयाँ सहरमा प्राथमिकता

मध्यपहाडी लोकमार्गका प्रमुख १० स्थानमा नयाँ शहर निर्माण कार्य अघि बढाउन १ अर्ब ७० करोड विनियोजन भएको छ।
देशभरका विभिन्न सहरी पूर्वाधार निर्माण र स्तरोन्नतिका लागि ५ अर्ब ३६ करोड
स्थानीय पुल तथा झोलुंगे पुल निर्माणका लागि ८ अर्ब ९० करोड विनियोजन

– १ हजार घर निर्माण

जनता आवास कार्यक्रमअन्तर्गत १ हजार घर निर्माण। सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत ५ हजार घरको फुृसको छानो विस्थापन गर्न ७५ करोड विनियोजन

– तराई मधेश प्राथमिकतामा

तराई मधेश समृद्धि तथा स्थानीय पूर्वाधार पूर्वाधार सहयोग कार्यक्रमलाई निरन्तरता दिन १ अर्ब २ करोड विनियोजन

– सडक पूर्वाधारमा जोड

आर्थीक वर्ष ०८२/८३ मा ७ सय २७ किलोमिटर सहरी तथा तथा ग्रामिण सडक कालोपत्रे र स्तरोन्नती गरिने। ४६ सडक पुल र २ सय झोलुंगेपुल बनाउने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.