डाइभर्सन बनाएर ‘एसियन हाइवे’ सञ्चालनमा

डिसी नेपाल
१७ जेठ २०८२ २२:३८
228
Shares

भद्रपुर (झापा)। गए रातिको अविरल वर्षासँगै आएको बाढीले बगाएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन ‘एसियन हाइवे’ को पूर्वी खण्डमा डाइभर्सन बनाएर यातायात सेवा सञ्चालन गरिएको छ।

एसियन हाइवेको पूर्वी खण्डका इञ्जिनियर आश्रय महतका अनुसार मेचीनगर नगरपालिका भित्र पर्ने कालीखोला र ढुकुरे खोलाको डाइभर्सनमा बाढीले क्षति पुर्‍याएपछि दुवै स्थानमा डाइभर्सन बनाएर यातायात सेवा सञ्चालन भएको हो।

यसैगरी, चारआली जंगल क्षेत्रमा वन्यजन्तुका लागि निर्माणाधीन ‘एनिमल अन्डरपास’ अन्तर्गतको डाइभर्सन पनि पुनर्निमाण भएको छ। आगामी १५ दिनभित्रमा निर्माणधीन आयोजनाका सबै डाइभर्सन हटाई कल्भर्टमाथि दुई लेनबाट यातायात सञ्चालन हुनेगरी काम भइरहेको इञ्जिनियर महतले बजानकारी दिए। बाढीले डाइभर्सन बगेपछि आज बिहानदेखि पूर्वपश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.