दरबार हत्याकाण्डको शोकमा आन्दोलन नगर्ने, दीप प्रज्वलन गर्ने कार्यक्रम तय
काठमाडौं। आन्दोलनरत राजावादीहरूले सोमबार(आज)को आन्दोलन स्थगित गरेर शोक मनाउने भएका छन्।
जेष्ठ १५ गतेदेखि आन्दोलनमा रहेका राजावादीहरु दरबार हत्याकाण्डको शोकमा आन्दोलन नगर्ने निर्णयमा पुगेका छन्।
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ति निकालेर दरबार हत्याकाण्डको शोकमा आन्दोलन नगर्ने निर्णय भएको बताएका हुन्।
२०५८ साल जेठ १९ गते तत्कालीन राजदरबार हत्याकाण्ड हुँदा राजा विरेन्द्रसहित राजपरिवार सखाप भएको थियो।
सोही दिनको सम्झनामा साँझ दीप प्रज्वलन गर्ने बताइएको छ। आज साँझ ६ बजे कमलादी गणेशस्थानमा दीप प्रज्वलन गर्ने कार्यक्रम तय भएको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment