प्रतिनिधि सभाको बैठक बस्ने समय परिवर्तन
काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्ने समय परिवर्तन भएको छ।
मंगलबार बिहान ११ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले गर्दा आजै दिनको २ बजे बस्नेगरी निर्धारण गरिएको संघीय सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिएका छन्।
उनले बैठक निर्धारित समयमा वस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश वमोजिम सभामुखले सभाको बैठक सारेको पनि जानकारी दिएका हुन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment