सदनमा गृहमन्त्रीलाई जवाफ दिने वातावरण बन्नुपर्छ : महेश बर्तौला
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्रीलाई जवाफ दिने वातावरण बनाउन विपक्षी दल असहमत भएकाले सदन अवरुद्ध भएको बताएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले अहिले गृहमन्त्रीका बारेमा प्रश्न उठेपछि जवाफ दिन पाउने अधिकार हनन् भएको समेत बताए।
कोही व्यक्तिमाथि प्रश्न उठेपछि जवाफै दिन नपाउने गलत नजिर संसदमा बसाउन नहुने उनले बताए। बर्तौलाले दलहरूबीच आन्तरिक छलफल गरेर निकास निकाल्नका लागि समझदारी बमोजिम नै बुधबारसम्मका लागि संसद स्थगित गरिएको जानकारी दिए।
उनले गृहमन्त्रीले जवाफ दिएपछि विपक्षीले भनेअनुसार छानविन समिति गठन, गृहमन्त्रीको राजीनामा लगाएतका बिषयमा छलफल गर्न सकिने बताए।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment