सुनको मूल्य आज पनि बढ्यो
काठमाडौं। नेपाली बजारमा सुनको मूल्य आज पनि वृद्धि भएको छ। सुन आज ५ सय रुपैयाँले बढेको हो।
नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ५ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको छ।
मंगलबार एक तोला सुनको मूल्य १ लाख ९३ हजार २०० सय रुपैयाँ पुगेको थियो। आज सुनको मूल्य बढेपनि चाँदीको भाउ भने स्थिर रहेको छ।
एक तोला चाँदीको मूल्य २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी सोही मूल्यमा कारोबार भएको थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment