कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

डिसी नेपाल
२२ जेठ २०८२ १२:१८
1.4k
Shares

सर्लाही । सर्लाहीस्थित बागमती नगरपालिका-११ बागमती पुल नजिकै पूर्व-पश्चिम राजमार्गमा मालवाहक कन्टेनरको ठक्करबाट रौतहटका मोटरसाइकल चालकको मृत्यु भएको छ।

दुर्घटनामा परी मृत्यु हुनेमा रौत्तहट चन्द्रपुर नगरपालिका-१ पौराही टोल बस्ने कान्छालाल योञ्जनको छोरा २१ वर्षीय गोपाल योञ्जन रहेको सर्लाही प्रहरी प्रवक्ता डीएसपी सरोज कुमार राईले बताए।

गएराती १० बजे बागमती पुल छेउमा चन्द्रपुरबाट हरिवनतर्फ आउँदै गरेको प्रदेश ३-०३-००१ ख ००७० नम्बरको कन्टेनर डब्बा गाडिले विपरित दिशातर्फबाट जाँदै गरेको प्रदेश ३-०२-०१४ प ९८७७ मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गोपाल योञ्जनको शरीरको विभिन भागमा चोट लागेको थियो।

घाइते योञ्जनको मोडेल अस्पताल कर्मैयामा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रादेशिक अस्पताल मलगंवामा राती ११ बजे लैजाँदा डाक्टरले मृत घोषणा गरेको डिएसपी राईले जानकारी दिएका छन्।

दुर्घटनामा परेको मोटरसाइकल, कन्टेनर डब्बा गाडी र कन्टेनर चालक मकवानपुर भीमफेदी गाउँपालिका-५ वस्ने ३८ वर्षीय ओम बहादुर लामालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय हरिवनतर्फ पठाइएको सर्लाही प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.