गाजामा दुई बन्धकको शव फेला पारेको इजरायली सेनाको दाबी

डिसी नेपाल
२२ जेठ २०८२ १६:४३
76
Shares

काठमाडौं । इजरायली सेनाले गाजाबाट दुई अमेरिकी मूलका इजरायली बन्धकहरूको शव बरामद गरेको बताएको छ। ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा आक्रमण गर्दा हमासले उनीहरू दुवैलाई बन्धक बनाएको थियो।

मुजाहिद्दीन ब्रिगेड समूहका बन्दुकधारीहरूले किबुट्ज निर ओजमा आक्रमण गर्दा ७० वर्षीया क्यानेडियन नागरिक जुडी वाइन्स्टाइन हाग्गाई र उनका पति ७२ वर्षीय गाडी हाग्गाईको मृत्यु भएको एक विज्ञप्तिमा उल्लेख छ।

उनीहरूको शव गाजाको दक्षिणी खान युनिस क्षेत्रबाट बरामद गरिएको थियो र फोरेन्सिक पहिचानको लागि इजरायल फिर्ता ल्याइएको थियो।

हमासले अझै पनि गाजामा ५६ जनालाई बन्धक बनाएको छ, जसमध्ये कम्तिमा २० जना जीवित रहेको सम्भावना छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.