नेपाल कोइला बहिर्गमन कार्यक्रमको शुभारम्भ

डिसी नेपाल
२२ जेठ २०८२ १८:२२
32
Shares

काठमाडौं । विश्व वातावरण दिवस २०२५ को अवसरमा, साथसाथै फाउन्डेसन र काठमाडौं विश्वविद्यालयले ‘नेपाल कोइला बहिर्गमन कार्यक्रमः कोइलाको प्रतिक्रियाशील प्रयोग र न्यायोचित संक्रमण’ कार्यक्रमको औपचारिक शुभारम्भ घोषणा गरेको छ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै उक्त कार्यक्रमको औपचारिक शुभारम्भ घोषणा गरेको हो। कार्यक्रमको उद्देश्य सन् २०४५ भित्र कोइलामुक्त भविष्य निर्माण गर्नु रहेको छ। यस अभियानले नविकरणीय ऊर्जा स्रोतहरूमा निष्पक्ष, जिम्मेवार र न्यायोचित रुपान्तरणलाई प्रोत्साहन गर्नेछ।

सोही क्रममा यो केवल ऊर्जा संक्रमण मात्र होइन यो भावी पुस्ताप्रतिको नैतिक प्रतिबद्धता भएको भन्दै अहिले सहकार्यका साथ पहल गर्ने हो भने सन् २०४५ सम्ममा कोइलामुक्त नेपाल सम्भव रहेको साथसाथै फाउन्डेसनकी अध्यक्ष प्रजिता कार्कीले बताएकी छन्।

कोइला सबैभन्दा प्रदूषणकारी जीवाश्म इन्धनमध्ये एक हो, जसबाट ठूलो मात्रामा कार्बन डाइअक्साइड मात्र नभई ब्ल्याक कार्बन पनि उत्सर्जित हुन्छ। ब्ल्याक कार्बन एक अल्पकालीन तर अत्यधिक प्रभावकारी जलवायु प्रदूषक हो, जसले विशेषतः हिमालय क्षेत्रमा हिमनदीहरुको पग्लिने दरलाई तीव्र पार्ने काम गर्दछ।

कोइलाको निरन्तर प्रयोगले नेपालको वायुमण्डलीय गुणस्तरमा गिरावट ल्याउनुका साथै जनस्वास्थ्यमा नकारात्मक प्रभाव पार्दछ। साथै, यसले देशको संवेदनशील पर्वतीय पारिस्थितिक प्रणालीमा पनि गम्भीर र दीर्घकालीन खतरा उत्पन्न गर्दछ।

नेपाल कोइला बहिर्गमन कार्यक्रमले समावेशी, वैज्ञानिक आधारमा निर्मित र रणनीतिक मार्गचित्रमार्फत कोइलामा आधारित निर्भरता अन्त्य गर्ने दीर्घकालीन लक्ष्य राखेको छ।

यो कार्यक्रम तीन चरणमा (सन् २०२५–२०४०) सञ्चालन हुनेछ र कोइलाको प्रतिक्रियाशील प्रयोगलाई प्रवर्धन गर्नेछ जसलाई संक्रमणकालमा एकदमै आवश्यक भएको खण्डमा मात्र यसको न्यूनतम, अस्थायी, र रणनीतिक प्रयोगको रूपमा परिभाषित गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.