मधेश प्रदेशको नाम जनक र जानकी राखेको भए राम्रोहुन्थ्यो : देउवा

डिसी नेपाल
२३ जेठ २०८२ १६:२३
140
Shares

जनकपुर । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले जनकपुरधामस्थित मैथिली विकास कोषको नवनिर्मित मैथिली भवनको उदघाटन गरेका छन्।

शुक्रबार उक्त भवनको उद्घाटन गर्दै सभापति देउवाले मैथिली लोक परमपराको संरक्षण स्थलको रुपमा निर्माण गरिएको सो भवनले नयाँ पुस्ताका लागि ज्ञान, सीप र कलाको केन्द्रको रुपमा स्थापना हुने विश्वास व्यक्त गरे।

मैथिली भाषा संविधानमा दर्ज राष्ट्रिय भाषा रहेकाले यसको विकास र संरक्षणमा बढि जोड दिनुपर्ने उनले बताए। मधेश प्रदेशको नामांकरण जनक र जानकी प्रदेश राखेको भए अझः राम्रो हुन्थ्यो भन्ने धारणा उनले व्यक्त गरे।

उनले जनकपुरधाम र जानकी माताको महत्वबारे चर्चा गर्दै जनकपुरधामको धर्ती महान रहेको उल्लेख गरे।

कार्यक्रममा कोषका अध्यक्ष जीवनाथ चौधरीले जनकपुरधामको विकासका लागि जनकपुरदेखि अयोध्यासम्म रेल चलाउन केन्द्र र प्रदेश सरकारले पहल गरिदिन आग्रह गरेका थिए।

उनले मधेशमा बोलिने सबैभन्दा बढी मैथिली भाषालाई कामकाजको भाषा बनाउन आग्रह गरे।

मधेश प्रदेश सरकारको सात करोड रुपैयाँको लागतमा निर्माण मैथिली विकास कोषको भवनमा सांस्कृतिक कला, सभ्यता झल्काउने कार्यक्रम, गोष्ठी, सम्मलेन हुने अध्यक्ष चौधरी जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.