‘युवामा काम गर्ने हुटहुटी हुनुपर्छ’

डिसी नेपाल
२३ जेठ २०८२ २३:३५
184
Shares

गोलबजार(सिरहा)। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले देशलाई समृद्ध बनाउनका लागि युवामा काम गर्ने हुटहुटी हुनुपर्ने बताएका छन्।

यहाँको खडक नगरपालिकामा राष्ट्रिय युवा परिषद्द्वारा आयोजित ‘आकस्मिक, मानसिक स्वास्थ्य तथा उद्यमशील केन्द्रित युवा परामर्श तथा मार्गदर्शन’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा सम्भावना छैन भन्ने गलत भाष्य सृजना भइरहेको बताए।

नगरपालिकाको सभाहलमा आयोजित एक दिने कार्यशालाको सहजीकरण प्रमुख प्रशिक्षक मनोविद् डा गोविन्दराज पोखरेल र डा राम थापाले गरेका छन्। तालिममा युवा मानसिक स्वास्थ्य, यसले पार्ने प्रभाव, परामर्श र बिरामीलाई कसरी पहिचान गर्नेबारे प्रशिक्षण दिइएको थियो।

खडक नगरपालिकाका नगरउप्रमुख रिता चौधरीले युवाहरु राष्ट्रको गहना भएकाले राज्यले युवालाई सीपमूलक तालिमको व्यवस्था मिलाउनुपर्नेमा जोड दिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.