वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षायाममा चनाखो र सुरक्षित हुन सबैलाई आग्रह गरेका छन्।
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बाढी-पहिरोजस्ता विपत्तिको जोखिम हुने भएकाले चनाखो बन्न र सुरक्षित हुन आग्रह गरेका हुन्।
‘वर्षायाममा बाढी-पहिरोजस्ता विपत्तिको जोखिम बढी हुन्छ। विपद्बाट बच्न हर समय सजगता चाहिन्छ’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यससम्बन्धी प्रत्यक्ष सूचनाप्राप्त गरिरहने र सुरक्षित हुने उपाय अपनाउनु पर्छ। चनाखो बनौं, सुरक्षित रहौं।’
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment