सेकुङ र भुतर्छो तालमा दश हजार माछाका भुरा छाडियो

डिसी नेपाल
२४ जेठ २०८२ २३:४१
120
Shares

मुस्ताङ। मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित सेकुङ ताल र भुतर्छो तालमा १० हजार माछाका भुरा छाडिएका छन्। मुस्ताङका पूर्वसंघीय सांसद प्रेमप्रसाद तुलाचनको सहयोगमा थासाङस्थित नाकुम संरक्षण व्यवस्थापन समिति (सिएमसी)ले आज यहाँका दुर्व तालमा कमनकार्प जातका माछाका भुरा छाडिएका हुन्।

पूर्वसांसद तुलाचनको उपस्थितिमा थासाङ गाउँपालिका–२ का वडाध्यक्ष गौतम शेरचन र नाकुम संरक्षण व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरूले माछाका भुरा छाडेका सिएमसीका सदस्य मनप्रसाद गौचनले जानकारी दिए।

समुन्द्री सतहदेखि करिब तीन हजार उचाइमा अवस्थित सेकुङ र भुतर्छो तालमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले माछाका भुरा छाडिएको वडा सिएमसी सदस्य गोविन्द शेरचनले जानकारी दिए।

राष्ट्रिय गौरवको बेनी—जोमसोम मुख्य राजमार्ग सडकबाट पश्चिमतर्फ उकालोबाट सवारीसाधनमार्फत १५ मिनेटमा पुग्न सकिने यी ताल धार्मिक तथा सांस्कृतिक महत्व भएर पनि ओझेलमा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.