कांग्रेस र एमालेले प्रतिपक्षी दललाई फेरि भने-गृहमन्त्रीको राजीनामा आउँदैन

डिसी नेपाल
२५ जेठ २०८२ १३:४७
172
Shares

काठमाडौं। सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउने विषयमा प्रमुख तीन दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल गरेका छन्। सभामुखले सिंहदरवारमा आज बिहान कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले प्रमुख सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका हुन्।

सभामुखले राजनीतिक दलहरूबीच सहमतिका लागि पटक पटक संसद बैठक स्थगित गरे पनि निकास नदिएको भन्दै असन्तुष्टिसमेत जनाए। संसद अवरोधका कारण बजेट माथिको छलफल प्रारम्भ हुन नसकेको उल्लेख गर्दै उनले संवैधानिक सीमा र व्यवहारिक पक्षको ख्याल गर्न आग्रह गरेका थिए।

प्रमुख विपक्षी माओवादी प्रमुख सचेतक पाण्डेले आज नै पार्टी अध्यक्ष पुष्पकमल दाहालले बानेश्वरमा विपक्षी दलको बैठक बोलाएकाले त्यसपछि आफूहरूको धारणा दिने जानकारी दिए ।

सत्तारुढ एमालेका मुख्य सचेतक बर्तौला र कांग्रेस प्रमुख सचेतक घिमिरेले विपक्षी दलको मागअनुसार गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन गर्ने मागमा सहमत हुन नसकिने अडान दोहोर्‍याएका थिए। भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजिनामा दिनु पर्ने तथा छानबिन समिति गठन गर्नु पर्ने अडान राखेर संसदमा निरन्तर अबराेध गरिरहेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.