तीन लाख किम्बुका बेर्ना बिक्री गर्दै व्यवसायायिक किट फर्म

डिसी नेपाल
२६ जेठ २०८२ ८:३९
36
Shares

चितवन। व्यावसायिक किट विकास फर्म भण्डाराले तीन लाख बढी किम्बुका बेर्ना बिक्रीका लागि तयार गरेको छ । फर्मले आफ्नै १ दशमलब ५ हेक्टर क्षेत्रफलमा ती बेर्ना तयार गरेको हो।

फर्मका प्रमुख सुरुची त्रिपाठीका अनुसार अहिले तीन लाख बढी बिरुवा बिक्रीका लागि नर्सरीमा तयारी अवस्थामा रहेका छन्। यसमध्ये २० हजार बिरुवाको खरिदका लागि किसानले आवेदन दिइसकेका छन्।

गत वर्ष कार्यालयले तीन लाख ५० हजार बिरुवा उत्पादन गरेर दुई लाख ५० हजार बिक्री गरेको थियो। किम्बुको बिरुवा सार्नका लागि अवको समय उत्तम भएकाले किसानले बिरुवाको माग लिएर आउन थालेको उनले बताए फर्मले बिरुवाको प्रतिगोटा रु ५ मा बिक्री गर्दै आएको छ।

रेशमखेती गर्ने किसान विस्थापित भएसँगै यहाँको बिरुवा डाले घाँसको रुपमा बिक्री गरिँदै आएको छ । उनले भने “रेशमखेती गर्ने किसान विस्तापित भएपछि अहिले घाँसेबालीका रुपमा यसलाई बिक्री गरिरहेका छौँ ।” बिरुवा बिक्रीका लागि पालिकासँग समन्वय गरिएको उनले बताए।

उनका अनुसार पहिला मधेश प्रदेशका किसान बिरुवा लिन आउने गरेका थिए । अहिले ती किसान बिरुवा लिन आउन छाडेका छन् । सो प्रदेशमा स्थानीय रुपमा नर्सरीहरुले बिरुवा उत्पादन गर्न थालेकाले र यसलाई किसान आँफैले कलमीमार्फत बिरुवा तयार गर्न थालेकाले त्यस क्षेत्रका किसान कम आएको उनले बताए।

फर्ममा कान्भा दुई जातको किम्बुका बिरुवा बिक्रीका लागि तयारी भएका हुन । फर्मले अहिले नमूना बगैँचामा ३८ जातका किम्बुको बिरुवा संरक्षण गरिरहेको छ । मातृ संरक्षण अन्तरगत विभिन्न जातका बिरुवा लगाएर संरक्षण गरिरहेको छ ।

यहाँ उत्पादित किम्बुका बिरुवा चितवनसहित मकवानपुर, सिन्धुली, गोरखा, काठमाडौँ, नवलपरासी, बागलुङ्, तनहुँ, काभ्रे, सिन्धुपाल्चोक लगायतका जिल्लामा बिक्री गरिने गरिएको छ । अहिले जिल्लामा रेशमखेती गर्ने किसान छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.