सशस्त्र प्रहरीद्वारा काभ्रेमा विपद् स्वयंसेवक तालिम

डिसी नेपाल
२६ जेठ २०८२ ८:४६
40
Shares

काभ्रेपलाञ्चोक। पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नंबर गण हेडक्वाटरले काभ्रेमा विपद् व्यवस्थापन एवं प्रतिकार्य स्वयंसेवक आधारभूत तालिम तथा विपद् सुचकसम्बन्धी अभ्यास अभियान सञ्चालन गरेको छ ।

गणले बनेपा नगरपालिकासँगको सहकार्यमा नगरको १४ वडाका ८० लाई लक्षित गर्दै तीन दिने विपद् स्वयंसेवक आधारभूत तालिम सुरु गरेको छ । मङ्गलबारसम्म सञ्चालन गरिने तालिममा विपद् पूर्व तयारी, विपद्–उद्धार त्यसपश्चातका प्रतिकार्य राहत तथा समन्वयसम्बन्धी व्यावहारिक तालिम तथा अभ्यास गराइएको जनाइएको छ ।

नगरप्रमुख शान्तिरत्न शाक्यले हरेक नागरिक विपद्सँग परिचित हुनुपर्ने उल्लेख गर्दै विपद्पछिका अवस्था, विपद आउनुअघिको अवस्थाको सचेतना गराउँदै विपदले पु¥याउने असर न्यूनीकरण गर्न तत्काल खोज, उद्धार र राहतसँगै समन्वयात्मक भूमिकाका लागि स्वंसेवक अत्यावश्यक हुने बताए ।

गणले यही जेठ १२ गते पनौती नगरको सहकार्यमा नगरभित्रका १२ वडाका ४० जनालाई उक्त तालिम दिएर अभियानको सुरुआत गरेको थियो । गणका प्रमुख प्रहरी उपरीक्षक प्रेम प्रसाइँले जिल्लाका १३ वटै स्थानीय तहमा क्रमशः यससम्बन्धी तीन दिने तालिम प्रदान गर्दै जाने जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.