इजरायली सेनाले हमास गाजा प्रमुख मोहम्मद सिनवारको शव पहिचान गरेको दाबी

डिसी नेपाल
२६ जेठ २०८२ १२:०१
128
Shares

काठमाडौं । इजरायली सेनाले हमास गाजा प्रमुख मोहम्मद सिनवारको शव पहिचान गरी फेला पारेको बताएको छ।

आइतबार, इजरायली रक्षा बलले सिनवारको शव गाजाको दक्षिणमा रहेको खान युनिसमा रहेको युरोपेली अस्पताल मुनिको सुरुङमा फेला परेको बताएको छ।

इजरायली सेनाले डीएनए परीक्षण मार्फत सिनवारको शव पहिचान गरेको बताएको छ। यद्यपि, हमासले अहिलेसम्म सिनवारको मृत्युको सार्वजनिक रूपमा पुष्टि गरेको छैन।

हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका अनुसार मे १३ मा भएको हवाई आक्रमणमा ४९ वर्षीय सिनवारको मृत्यु भएको थियो, जसमा २८ जनाको मृत्यु भएको थियो भने धेरै घाइते भएका थिए।

सिडिएले हमासका रफाह ब्रिगेड कमाण्डर मोहम्मद सबानेहको शव पनि सिनवारको शव नजिकै फेला परेको बताएको छ।

आइडीएफले थप भन्यो, “सिनवार र सबानेहसँग सम्बन्धित धेरै सामानहरू पनि बरामद गरिएको छ, साथै अन्य गुप्तचर जानकारीहरू पनि बरामद गरिएको छ जुन थप अनुसन्धानको लागि पठाइएको छ।”

आइडीएफले त्यहाँ अन्य शवहरू पनि फेला परेको बताएको छ, जसको पहिचान भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.