अब त आश मरिसक्यो : दुर्गादेवी पन्त

डिसी नेपाल
२७ जेठ २०८२ ११:०४
164
Shares

छोरी निर्मला पन्तका हत्यारा अहिलेसम्म पत्ता लागेको छैन। पत्ता लगाएको भए त धेरै कुरा थाहा हुन्थ्योहोला। तर खोइ केही थाहा छैन।

अब अनुसन्धान गर्छन् या गर्दैैनन् त्यो पनि थाहा छैन। हिजोआज त यता आएर कसैले पनि सोधपुछ गरेका छैनन्। मलाई अब आशै मरिसक्यो। अहिलेसम्म कसैले पत्ता लगाएनन् र लगाउँछन् जस्तो पनि लाग्दैन। पहिले अर्थात् एकदुई वर्ष अगाडि त प्रहरीहरु आउँदै खोजी गर्दैछौं भन्थे। अहिले चाहिँ आएका नि छैनन्। पत्ता लगाउँदैनन् जस्तो लाग्छ। आशा मरिसक्यो।

कानुन पनि यस्तै रहेछ। गर्छु भन्दाभन्दै धेरै वर्ष वितिसक्यो। हिजोआज त अपराधी पत्ता लगाउन खोजी गरेको जस्तो नै लाग्दैन्। त्यसैले धेरै आशा गर्ने ठाउँ छैन। धेरैतिरको दबाबपछि तत्काल सरकारले केही राहत दिएको थियो। पहिले नै सरकारले राहत दिएको हो। त्यही मात्रै हो, अहिले पाएको छैन।

अहिले स्वास्थ्य कार्यालय सहयोगीका रुपमा काम गरिरहेको छु। दिन काट्ने बाटो गरिरहेको छु। आफ्नो जीवन चलाउनलाई अरु केही काम छैन। के गर्नु सानोतिनो काम गर्नैपर्यो। घट्ना भयो, माहोल बिग्रियो। एकदमै समस्या भयो। अनि सानो जागिर लगाइदिनु भनेका थियौं। त्यसपछि २०७६ सालदेखि काम गरिरहेको छु।

अझैपनि अपराधी पत्ता लगाइदिनुहोस् भनिरहेकी छु। तपाईहरुले अनुसन्धानकर्ताहरुलाई पनि सोधिदिनुहोला र कारबाही गराइदिनुहोला। घटना भइहाल्यो छोरी त फर्केर आउँदिनन् तर पनि अपराधीलाई सजाय मिल्यो भने अलि सन्तुष्टि हुने थियो।

(निर्मला पन्तकी आमा दुर्गादेवीसँगकुराकानीमा आधारित)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.