संसदको गतिरोध खुलाउन माओवादीले तयार पारेको ड्राफ्टमा सहमत छौँः योगेश भट्टराई

डिसी नेपाल
२८ जेठ २०८२ १७:४२
588
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रले संसदको गतिरोध खुलाउन दुई बुँदे सहमतिको ड्राफ्ट तयार गरेको छ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले सहमतिका लागि माओवादीले दुई बुँदे सहमतिको ड्राफ्ट छलफलमा ल्याएको र त्यसमा आफूहरु सहमत रहेको बताएका हुन्।

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले माओवादीको ड्राफ्टमा आफूहरुको सहमति रहेपनि रास्वपाको असहमति देखिएको उल्लेख गरे। रास्वपाले ल्याएको ड्राफ्टमा भने एमालेको असहमति रहेको उनले बताए।

भट्टराईले प्रतिपक्षी दलले समान धारणा बनाउनका लागि समय माग गरेकाले बुधबारको सदन स्थगित गरेर बिहीबार तीन बजेका लागि बोलाइएको जिकिर गरे।

उनले लामो समय संसद अवरुद्ध हुन नसक्ने भएकाले अब संसद नियमित कार्यसूचीमा प्रवेश गर्ने दावी गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.