भारतले हाम्रो अपिललाई अटेर गरेर अशान्ति बढायो : मोहम्मद युनुस

डिसी नेपाल
२९ जेठ २०८२ ११:२९
508
Shares

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारका प्रमुख मुहम्मद युनुसले बुधबार पूर्व प्रधानमन्त्री शेख हसिनालाई भारतीय भूमिबाट राजनीतिक अभिव्यक्ति दिन प्रतिबन्ध लगाउने आफ्नो मागलाई प्रधानमन्त्री नरेन्द्र मोदीले बेवास्ता गरेको बताएका छन्।

युनुसले बताएअनुसार अप्रिलमा बैंककमा बिमस्टेक शिखर सम्मेलनको क्रममा द्विपक्षीय बैठक हुँदा उनले प्रधानमन्त्री मोदीलाई शेख हसिनालाई भारतीय भूमिबाट राजनीतिक बयान दिनबाट रोक्न अपील गरेका थिए।

बुधबार लन्डनको चथम हाउसमा बोल्दै युनुसले हसिनालाई भारतबाट सुपुर्दगी गर्ने प्रयास जारी रहने बताए।

मोहम्मद युनुसले भने, “हामी भारतसँग धेरै राम्रो सम्बन्ध राख्न चाहन्छौं। यो हाम्रो छिमेकी हो। हामी उनीहरूसँग कुनै समस्या चाहँदैनौं तर भारतीय प्रेसको नक्कली समाचारका कारण सधैं कुनै न कुनै समस्या उत्पन्न हुन्छ।”

उनले भने, “यसले बंगलादेशलाई आशंकित र क्रोधित बनाउँछ। हामी यसलाई नियन्त्रण गर्न धेरै प्रयास गर्छौं तर साइबरस्पेसमा धेरै कुराहरू हुन्छन् र हामी यसबाट टाढा रहन सक्दैनौं।”

मोहम्मद युनुसले भने, “हामी शान्त रहन प्रयास गर्छौं, अचानक केहि हुन्छ र त्यसपछि रिस फर्कन्छ। यस समयमा हाम्रो लागि सबैभन्दा ठूलो काम शान्ति स्थापना गर्नु हो।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.