भारतमा भएको विमान दुर्घटनामा परराष्ट्रमन्त्री राणाद्वारा दुःख व्यक्त

डिसी नेपाल
२९ जेठ २०८२ १७:४९
64
Shares

काठमाडौं। भारतमा बिहीबार भएको विमान दुर्घटनाप्रति परराष्ट्रमन्त्री आरजु राणा देउवाले दुःख व्यक्त गरेकी छिन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले कठिन समयमा नेपालले भारतप्रति हार्दिक ऐक्यबद्धता प्रकट गर्न चाहेको बताएकी हुन्।

‘भारतको अहमदाबादमा लन्डनका लागि उडेको एयर इन्डिया एआई १७१ विमान दुर्घटनाको बारेमा सुनेर म अत्यन्तै दुःखी छु’ उनले भनेकी छन्, ‘म प्रभावित परिवार र प्रियजनहरूप्रति मेरो सहानुभूति र समवेदना व्यक्त गर्दछु। यस कठिन समयमा नेपालले भारतप्रति हार्दिक ऐक्यबद्धता प्रकट गर्दछु।’

गुजरातको अहमदावादस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनका लागि उडेको एअर इन्डियाको विमान दुर्घटनामा परेको थियो। २४२ जना रहेको विमान उडानको केही मिनेटमै दुर्घटनामा परेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.