काठमाडौंमा मधेसीलाई भेदभाव गरियो, एकजुट हुनेबेला आयो: अध्यक्ष यादव
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सबै मधेसीहरु एकजुट हुन आवश्यक रहेको बताएका छन्।
बिहीबार काठमाडौंमा जसपाको काठमाडौं उपत्यका गठन सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले काठमाडौंमा मधेसीहरु हेपिएको भन्दै आफ्नो हकको लागि एकढिक्का भएर आवाज उठाउने उद्देश्यले जसपाको काठमाडौं उपत्यका गठन गरिएको जानकारी दिए।
उनले भने, ‘मधेसीलाई हरेक कुरामा भेदभाव गरिएको छ। कवाडीहरुले काठमाडौंमा आन्दोलन गर्दा लाठी चार्ज भयो। अरुले गर्दा केही भएन। त्यसैले हामी सबै मधेसी संगठित हुन आवश्यक छ। हामी एकढिक्का भयौं भने काठमाडौंमा कसैले दबाउन सक्दैन्। काठमाडौं बस्ने मधेसवालाहरुको संगठित गरेर पार्टीसँग जोडिएको छ।’
उनले मधेसीहरुको जनसङ्ख्या धेरै भएपनि एकजुट हुन नसकेको कारण आफ्नो हकको लागि बोल्न नसकेको बताए। मुलुकको राजनीतिमा विसङ्गती र विकृति रहेको भन्दै राज्यले गरेको गलत कामलाई गलत भन्ने सामथ्र्य गठित संगठनले राख्नुपर्ने उनको भनाइ छ।
उनले भने,‘हाम्रो यतिधेरै जनसङ्ख्या भएपनि एकजुट हुन सकेको छैन्। आफ्नो हकको लागि बोल्न सकेको छैन्। त्यसैले पार्टीमा विमर्श गर्यौं। मुलुकको राजनीतिमा विसङ्गती र विकृति छ। हामी त्यसमा खडा हुनुपर्छ। राज्यले गरेको गलत कामलाई गलत भन्न सक्नुपर्छ र न्याय र अधिकारको लागि पनि खडा हुनुपर्छ।’







डिसी नेपाल








Facebook Comment