भिजिट भिसा प्रकरण : संसदीय समिति बैठकमा चर्काचर्की

डिसी नेपाल
३० जेठ २०८२ १०:४८
104
Shares

काठमाडाैं। भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा सांसदहरुबीच चर्को विवाद भएको छ।

सिंहदरबारमा शुक्रबार बसको बैठकमा रास्वपा सांसद गणेश पराजुलीको भनाइप्रति अन्य दलका सांसदहरुले आपत्ति जनाएपछि चर्को विवाद भएको हो।

बैठकमा रास्वपा सांसद पराजुलीले राज्यका निकायको मिलोमतोमा नेपाल नागरिकहरु बेचिनुपरेकाले आफूहरुले छानविन समितिको माग गरको बताए। उनले संसदीय समितिमा मानवतस्करी विरुद्ध उभिने सांसद, सदनमा आफ्नो पार्टीको ह्वीप मानेर निरीह बनेर बस्ने गरेको टिप्प्णी गरेका थिए।

सांसद पराजुलीले भिजिट भिसा प्रकरणको बिषय समितिमा प्रवेश गरिसकेकाले गृहमन्त्री र श्रममन्त्री आएर जवाफ दिनुपर्ने माग समेत गरे। भिजिट भिसा प्रकरण रास्वपाको मुद्दा मात्रै हो ? भन्दै उहाले प्रश्न गरेपछि सत्तापक्ष सांसदहरुले आपत्ति जनाएका थिए।

नेपाली कांग्रेसका सांसद राजु थापाले भिजिट भिसा प्रकरण अख्तियारले छानविन गरिरहेकाले समितिको बिषय नभएको बताएका थिए। उनले बिषयबस्तुभन्दा बाहिर गएर पराजुलीले धारणा राखेको भन्दै रुलिङ गर्न माग गरे। विवाद भएपछि समिति सभापति अव्दुल खानले बिषयबस्तुभित्र रहेर धारणा राख्न आग्रह गरेका थिए।

सांसद पराजुलीले आफ्नो समयभित्र बिषयबस्तु राख्दा आपत्ति हुनुपर्ने कारण स्पष्टसंग चाहिने बताए। त्यसपछि पुन कांग्रेस सांसद थापाले आफुहरुलाई निरीह भनेको भन्दै पराजुलीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सांसद कृष्ण कुमार श्रेष्ठ मानवतस्करीको विरोध आफूहरुले पनि गरेको भन्दै रास्वपा मात्रै यसको ठेकदार हो? भन्दै आक्रोशित भएका थिए। रास्वपा सांसद पराजुलीले मानवतस्करीबिरुद्ध सवैको एकमत भए छानविन समिति गठन गर्न चुनौती दिए।

पुनः विवाद बढेपछि सभापति अव्दुल खानले पराजुलीले बिषयबस्तुभन्दा बाहिर गएर अभिव्यक्ति राखेकाले विवाद भएको भन्दै विवादका बिषयमा छानविनका लागि समिति नै गठन गर्नुपर्ने प्रस्ताव राखे।

त्यसपछि आफूले बोलेको बिषयमा नै छानविन समिति गठन गर्ने सभापतिको प्रस्तावप्रति सांसद पराजुलीले आपत्ति जनाएका थिए। त्यसपछि फेरि विवाद भएपछि सभापति खानले बिषयबस्तुमा बोल्न आग्रह गरेका थिए।

अन्तिममा सांसद पराजुलीले मानव तस्करी प्रकरणमा समितिमा छलफल गर्नुपर्ने र गृहमन्त्री र श्रममन्त्री आएर जवाफ दिनुपर्ने माग दोहराउनुभएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.