धादिङको गल्छीमा दुई हाइस आपसमा ठोक्किँदा १२ जना घाइते

डिसी नेपाल
३० जेठ २०८२ १८:२२
316
Shares

मलेखु (धादिङ)। गल्छी गाउँपालिका–६ भल्टारस्थित पृथ्वीराजमार्गमा सवारी दुर्घटनामा परी १२ जना यात्रु घाइते भएका छन्।

बिहीबार अपराह्न करिब ४ः४५ बजे लमजुङबाट काठमाडौंतर्फ आउँदै गरेको बा४ख ६९४ नम्बरको हाइस र काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश०१–००६ख ७१४१ नम्बरको हाइस एक आपसमा ठोक्किएको हो।

दुर्घटनामा परी दुवै गाडीबाट ६–६ जना गरी कुल १२ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी सुवास हमालले जानकारी दिए। घाइतेहरूमध्ये केहीलाई गल्छीस्थित अम्बे भरोसा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौं रेफर गरिएको सूचना अधिकारी हमालले जानकारी दिए।

घटनास्थलमा प्रहरी निरीक्षक चरीबहादुर तामाङको कमाण्डमा प्रहरी टोली खटिएको थियो। दुवै सवारीसाधन प्रहरी नियन्त्रणमा छन् भने सडक अवरुद्ध नभएको जनाइएको छ। दुर्घटनाको कारण भने खुल्न बाँकी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.