लोकतान्त्रिक मोर्चाको बैठकः भिजिट भिसा प्रकरणमा छानबिनको माग

डिसी नेपाल
३० जेठ २०८२ २०:१८
116
Shares

काठमाडौं। मधेशकेन्द्रित ७ राजनीति दलको संघीय लोकतान्त्रिक मोर्चाले भिजिट भिसा प्रकरणमा छानबिनको माग गरेको छ।

शुक्रबार काठमाडौंमा बसेको मोर्चाको बैठकले भिजिट भिसामा नाममा मानवतस्करीको विषय जोडिएकाले छानबिनको माग गर्ने निर्णय गरेको हो। भिजिट भिसा प्रकरणमा छानबिन गरेर प्रतिवेदन सार्वजनिक गर्दै दोषीमाथि कारबाही हुनुपर्ने बैठकको निष्कर्ष रहेको राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए।

बैठकले साझा उद्देश्य पुरा गर्न आदिवासी जनजाती आवद्ध दल, संगठन र संस्थाहरुसंग सहकार्य गरेर संयुक्त रुपमा संघर्षलाई अघि बढाउन वार्ता गर्ने निर्णय गरेको उनले बताए।

त्यस्तै बैठकले मोर्चाको कार्यलाई व्यवस्थीत गर्न सचिवालयले बनाएको कार्यविधिमाथि मोर्चा आवद्ध दलको सुझाव दिएर अर्को बैठकमा अन्तिम रुप दिने निर्णय भएको महतोले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.