ट्रेड टावरको आईपीओ बाँडफाँट

डिसी नेपाल
१ असार २०८२ ११:१७
300
Shares

काठमाडौं। ट्रेड टावर लिमिटेडको आईपीओ आज बाँडफाँट भएको छ।

कुल २१ लाख ७१ हजार १५४ आबेदकबाट २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताका लागि आवेदन माग भएको यस कम्पनीको आईपीओको बाँडफाँड गोलाप्रथा विधिबाट भएको छ। मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा विधिबाट आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले आज बिहान साढे ९ बजे गौशालास्थित क्रिस्टल पशुपतीमा आईपीओ बाँडफाँड सम्पन्न गरेको हो। कम्पनीले गत जेठ १४ देखि २० गतेसम्म सर्वसाधारणकालागि ३२ लाख ९६ हजार ५०६ कित्ता शेयर जारी गरेको थियो।

आवेदनमध्ये रितपूर्वक प्राप्त भएको २० लाख ५९ हजार ३८८ जना आवेदकहरुबाट २ करोड ३९ लाख ७ हजार ६०० कित्ता प्राप्त भएको हुदाँ कम्पनीले जारी गरिएको शेयर संख्या भन्दा बढी संख्यामा शेयर खरिदका लागि आवेदन प्राप्त हुन आएको थियो।

सोको बाँडफाँट गर्नका लागि एउटै समूहमा राखी न्यूनतम १० कित्ता शेयरका दरले गोलाप्रथाबाट ३ लाख २९ हजार ६५० जना लगानीकर्ताहरुलाई र बाँकी ५.१९ कित्ता शेयर सोहि मध्ये २० देखि १००० कित्ता आवेदन गरी १० कित्ता बाँडफाँटमा पर्ने आवेदकहरुलाई गोलाप्रथाबाट नियमन निकायका प्रतिनिधिहरुको रोहबरमा निष्काशन कम्पनी र निष्काशन तथा बिक्री प्रबन्धकको प्रतिनिधिको उपस्थितिमा बाँडफाँड कार्य सम्पन्न गरिएको हो।

आईपीओको नतिजा मेरो शेयर र सिडिएसी क्लिीयरिङ लिमिटेडको वेभसाइटबाट हेर्न सकिने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.