संघीय निजामती विधेयक रोक्ने काम संघीयता कार्यान्वयनको खिलाफ : सांसद पाण्डे
काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले संघीय निजामती विधेयक रोक्ने काम संघीयता कार्यान्वयनको विरुद्ध हुने बतएका छन्।
बिहीबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले संसदमा प्रवेश गरिसकेको उक्त विधेयकलाई रोक्ने प्रयास संघीयताको कार्यान्वयनको विरुद्ध हुने बताएका हुन्।
संसदीय समितिबाट सर्वसम्मत रुपमा पारित भएको बिषयलाई बदल्नुपरे सांसदहरुको बहुमत संख्याले बदल्न सक्ने भन्दै उनले पार्टी नेताहरूले दवाव दिएर विधेयकलाई बदल्ने प्रयास गरे देशका लागि दुर्भाग्य हुने उल्लेख गरे।
पाण्डेले सरकारकै प्रस्तावमा राज्य व्यवस्था समितिले संघीय निजामती सेवामा दुई वर्षको कुलिङ पिरियड हुने व्यवस्थासहितको प्रावधान राखेको स्पष्ट पारे। मुख्यसचिव लगाएतका सचिवहरुले कुलिङ पिरियड हटाउन प्रधानमन्त्रीलाई दवाव दिएको सुनिएकाले उनीहरुको धम्कीबाट नडराउन उनले आग्रह गरे।
उनले कर्मचारी भएर गुटबन्दी गर्नु राज्यविरुद्धको अपराध भएको धारणा राखे। समितिले सर्वसम्मतीले पारित गरेको बिषयबाट प्रधानमन्त्री पछि हटे स्वीकार्य नहुने उहाले चेतावनी दिए।







डिसी नेपाल








Facebook Comment