राजस्व र व्ययको वार्षिक अनुमान माथिको छलफल समाप्त

डिसी नेपाल
५ असार २०८२ २०:२६
12
Shares

विराटनगर। कोसी प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको अनुमान माथिको छलफल समाप्त भएको छ।

छलफलमा कोसी प्रदेशसभा सदस्यहरु सपना दर्जी, गोम्बु शेर्पा र रमेशकुमार बस्नेतले राखेको जिज्ञासामा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्षको बजेट यथार्थपरक रहेको बताए। उनले स्रोतहरुको खोजी र आयको अनुमान गरी नै सरकारले बजेट ल्याएको दाबी गर्दै आगामी आर्थिक वर्षमा वन क्षेत्र र नदीजन्य पदार्थबाट रु एक अर्ब राजस्व उठ्ने अनुमान रहेको बताए।

मन्त्री मगरले विगतमा कृषिमा दिएको अनुदानले सही किसान लाभान्वित नभएकाले अहिले कृषकलाई ब्याजमा अनुदान दिने जानकारी दिँदै चालु आवको चैत मसान्तसम्ममा पुँजीगत खर्च ४७ प्रतिशत भए पनि असार मसान्तसम्मा ८० प्रतिशत पुग्ने अनुमान रहेको बताए। उनले यातायात क्षेत्रबाट पनि अपेक्षित राजस्व उठ्ने उल्लेख गर्दै विकासलाई व्यवस्थित गर्न धेरै योजनालाई निरन्तरता दिएको जानकारी दिए। सामाजिक सुरक्षा कोषका कारण चालु खर्चमा वृद्धि भएको जिकिर गर्दै मन्त्री मगरले सरकार स्थानीय तहसँग साझेदारी र समन्वय गरे अघि बढ्ने प्रयासमा रहेको बताए।

भौतिक पूर्वाधार विकास एवं सामाजिक विकासमन्त्री भूपेन्द्र राईले प्रदेश सरकारले निर्णय गरेको योजनामा संघीय सरकारले वास्ता नगरेकामा चिन्ता व्यक्त गरे। उनले दातृ निकायले पनि प्रदेश संरचना बलियो हुनुपर्ने धारणा राखिरहेको परिवेशमा संघीय सरकारले प्रदेश संरचनालाई इकाइका रुपमा हेर्न नहुने उल्लेख गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.