फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर आजदेखि विक्रीमा

डिसी नेपाल
९ असार २०८२ १०:४५
24
Shares

काठमाडौं। फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको संस्थापक शेयर आजदेखि विक्रीमा राखिएको छ।

संस्थाले संस्थापक शेयरधनी ग्रामिण महिला उत्सुकता विकास मञ्च (फरवार्ड) को नाममा रहेको ३ लाख ६२ हजार कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा राखेको हो। यो शेयर खरिदका लागि सबै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन्।

यसअघि संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गर्दै शेयर बिक्रीमा राखिएकोमा आवेदन नपरेकाले सर्वसाधारणका लागि शेयर बिक्री गर्न लागिएको हो। इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र बालुवाटारमा रहेको एनएमबी क्यापिटलमा शेयर खरिदकालागि आवेदन दिनु पर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *