तीन जना सवार मोटरसाइकल दुर्घटना, एकको घटनास्थलमै मृत्यु
धनुषा। धनुषामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना गम्भीर घाईते भएका छन्। तीनै जनाको पहिचान खुल्न भने बाँकी रहेको छ।
धनुषाको कमला नगरपालिका र विदेह नगरपालिकाको सीमा क्षेत्र पर्ने मुडिया सराबेको सीमामा हुलाकी मार्ग छेउमा सोमबार विहान दुर्घटना भएको हो। धनुषाको महेन्द्रनगर जन्ती गएका तीनै जना फर्किर्ने क्रममा दुर्घटना भएको जनाइएको छ।
मृत्यु हुने युवक धनुषाको शहिदनगर नगरपालिका वडा नं. ८ बिसरभोराका रहेको जानकारी प्राप्त भएको छ। घाईते अन्य दुई जना युवक पनि सोही वडाका नाथपट्टिका रहेका छन्।
बिहान मर्निङ वाकमा निस्केका व्यक्तिहरुले दुर्घटना भएको देखेपछि प्रहरीलाई खवर गरेको थियो। तत्कालै आएको प्रहरीले उनीहरुलाई उपचारको लागि जनकपुर पठाएकोमा एक जनाको मृत्यू भइसकेको चिकित्सकले पुष्टि गरेको छ। थप विवरण







डिसी नेपाल








Facebook Comment