नाममात्रै टिपेर परराष्ट्रमन्त्रीले भनिन् – इजरायलबाट नेपालीको उद्धारका लागि ‘आवश्यक पहल गरिसक्यौं”

डिसी नेपाल
९ असार २०८२ १४:३८
136
Shares

काठमाडौं। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इजरायल–इरान युद्धका कारण समस्यमा परेका नेपालीहरुको उद्धारका लागि सरकारले आवश्यक पहल गरिसकेको बताएकी छन्।

प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयमाथिको बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री राणाले इजरायल–इरानबीच उत्पन्न द्वन्द्व र यसका सम्भावित प्रभावलाई अत्यन्त गम्भीरताका साथ लिँदै ती क्षेत्रहरूमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको बताएकी हुन्।

अनलाइन पोर्टल खोलेर नेपालीहरूको विवरण लिन शुरू गरिएको र उक्त पोर्टलमा हालसम्म ८८५ जनाले विवरण दर्ता गरिसकेको उनले जानकारी दिइन्।

इरानमा रहेका १६ जना नेपालीहरूलाई उद्धार गरिदिन भारत सरकारलाई अनुरोध गरिएकोमा इरानस्थित भारतीय राजदूतावासको सहयोगमा ११ जनालाई नेपाल फर्काउने प्रकृया शुरू भएको उनले बताइन्।

त्यस्तै मन्त्री राणाले विपिन जोशीको रिहाईका लागि सरकारले शुरु देखि नै उच्च तहमा द्विपपक्षीय र बहुपक्षीयस्तरमा कूटनीतिक पहललाई निरन्तरता दिई आएको धारणा राखिन्।

मन्त्री राणाले सीमा सम्बन्धी समस्याका सन्दर्भमा द्विपक्षीय उच्चस्तरीय वार्ता एवं स्थापित संयन्त्रद्वारा समाधानका पहल जारी रहेको जिकिर गरिन्।

उनले परराष्ट्र मन्त्रालयले आर्थिक कूटनीतिलाई परराष्ट्र नीतिको एक प्रमुख आधार मानेर विदेशस्थित नियोगहरूलाई व्यापार, वैदेशिक लगानी, पर्यटन तथा प्रविधि प्रवद्र्धनमा सक्रिय बनाउँदै आएको बताइन्।

उनले राजदूतहरूको नियुक्ति “राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५” र प्रचलित नियम कानून अनुसार भई आएको जिकिर गरिन्। श्रम सहचारीका सम्बन्धमा प्रचलित कानूनबमोजिम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट नै छनौट भई आएकालाई पठाउने गरिएको उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.