राष्ट्रपति पौडेलसमक्ष राजदूतहरुद्वारा ओहोदाको प्रमाणपत्र पेश

डिसी नेपाल
९ असार २०८२ २०:२३
60
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले राष्ट्रपति भवनमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।

समारोहमा जनगणतन्त्र बंगलादेशका आवासीय राजदूत मो शाफिकुर रहमान, गणतन्त्र दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत अनिल सूकलाल, गणतन्त्र एंगोलाका गैरआवासीय राजदूत क्लेमेन्टे पेड्रो फ्रान्सिस्को कामेन्ह र गणतन्त्र अर्जेन्टिनाका गैरआवासीय राजदूत मारिनो अगुस्टिनले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्

उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.