एसीसी मेन्स यु–१६ क्रिकेट : नेपालसँग जापान ९ विकेटले पराजित

डिसी नेपाल
१० असार २०८२ १२:२४
84
Shares

काठमाडौं । एसीसी मेन्स यु–१६ एलिट कप अन्तर्गत नेपालले जापानलाई पराजित गरेको छ।

मलेसियामा जारी एसीसी मेन्स यू१६ इस्ट जोन क्रिकेटको दोस्रो खेलमा आज टस जितेर पहिले बलिङ गरेको नेपालले जापानलाई ९ विकेटले पराजित गरेको हो।

यो जितसँगै नेपालले ४ अंक जोडेको छ। जापानले दिएको ८१ रनको लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको थियो।

नेपालका श्रीयान्स बजँगाईले अविजित रहँदै सर्वाधिक ३८ रन बनाए। ४२ बल खेलेका उनले ७ चौका प्रहार गरे। प्रशिद्व जैशीले ३७ बलमा ३ चौकासहित ३३ रन बनाए। जोय थापा १ रनमा पभिलियन फर्किए।

नेपालको पहिलो खेल सिंगापुरसँग थियो। सिंगापुरलाई नेपालले ५ विकेटले हराएको थियो। यू १६ इस्ट जोन कपमा नेपालसहित १० टोलीको सहभागिता छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.