सर्‍यो एमाले सचिवालय बैठक

डिसी नेपाल
११ असार २०८२ १२:३७
20
Shares

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक दुई घण्टा पछि सरेको छ ।

बुधबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा दिउँसो १ बजे बस्ने तय भएको सचिवालय बैठक दिउँसो ३ बजेका लागि सारिएको हो।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताका कारण बैठक ३ बजेका लागि सारिएको केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।

बैठकमा विधान महाधिवेशनको तयारी र समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने उनको भनाइ छ। एमालेले आगामी २० देखि २२ भदौसम्म विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गर्ने निर्णय गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.