नेपालमा क्यान्सर अस्पताल बनाइरहेको विनयतारालाई एम.जे. मर्डक ट्रस्टबाट ५ करोड १२ लाख बराबरको अनुदान

डिसी नेपाल
११ असार २०८२ १३:१८
228
Shares

अमेरिका। नेपालमा क्यान्सर अस्पताल सञ्चालन गरिरहेको विनयतारालाई अमेरिकाको एमजे मर्डक च्यारिटेबल ट्रस्टले ३ लाख ७२ हजार अमेरिकी डलर ( ५ करोड १२ लाख ५९ हजार २१९) प्रदान गरेको छ। विनयताराले क्यान्सरका क्षेत्रमा गरिरहेका कामबाट प्रभावित भएर उक्त अनुदान प्रदान गरिएको विनयताराका वरिष्ठ बजार तथा सञ्चार व्यवस्थापक म्याट लाम्बर्टले जनाएका छन्।

‘मर्डक ट्रस्टले विनयताराताराले ग्रामीण तथा कमसेवा पाएका समुदायहरूमा वैज्ञानिक अनुसन्धान र उपचारबीचको दूरी घटाउन गरेको कार्यबाट प्रभावित भएको छ,’ मर्डक ट्रस्टका वरिष्ठ कार्यक्रम अधिकृत किम न्यूम्यानले भने, ‘यो अनुदानले संस्थाको क्षमता विस्तारमा सहयोग गर्ने र नयाँ नवप्रवर्तन तथा सहकार्यहरूलाई प्रोत्साहन दिने अपेक्षा गरिएको छ।’

विनयतारातारा अहिले विस्तारको महत्वपूर्ण चरणमा रहेको संस्थापक अध्यक्ष डा विनय शाह बताउँछन्। ‘क्यान्सर अनुसन्धान, विश्वव्यापी क्यान्सर उपचार, र चिकित्सकीय शिक्षा सम्बन्धी कार्यक्रमहरू विस्तार भइरहेका छन्, जसका लागि दीगो र विविध स्रोतहरूबाट वित्तीय सहयोग आवश्यक छ,’ डा शाहले भने, ‘यो अनुदान हाम्रा लागि महत्वपूर्ण हुनेछ।’

अनुदान ‘विनयतारा क्यान्सर रिसर्च इन्सिच्युट’ नामक नयाँ अनुसन्धान संस्थाको आधारशिला रहेको उनले बताएका छन्। जसले ‘क्यान्सर उपचार कार्यान्वयन’मा अनुसन्धान गर्नेछ। यस संस्थाले वैज्ञानिक खोजहरूलाई वास्तविक जीवनमा कसरी प्रभावकारी रूपमा प्रयोग गर्ने भन्नेबारे अनुसन्धान गर्ने बताइएको छ, विशेषतः ती क्षेत्रहरूमा जहाँ नवीन उपचार पद्धति र प्रविधि ढिलोगरी पुग्छ।

विनयताराताराका मुख्य विकास अधिकारी जस्टिन मार्कवार्टका अनुसार अनुदानले अनुसन्धानका लागि विज्ञहरू भित्र्याउन र अनुसन्धानको प्रभावकारिता विस्तार गर्न मद्दत गर्नेछ। ‘आधारभूत विज्ञानलाई सहयोग पुर्यातउने धेरै संस्था छन्, तर त्यस अनुसन्धानको लाभ कसरी सर्वसाधारणसम्म पुर्या‍उने भन्नेमा अझै गहिरो प्रयास आवश्यक छ,’ उनले भने।

विनयताराताराका संस्थापक अध्यक्ष डा. विनयतारा शाहले आफूले स्थापना गर्न लागिरहेको क्यान्सर अनुसन्धान संस्था क्यान्सर उपचारमा अवरोध बनेका व्यवहारिक समस्याहरूको समाधानमा केन्द्रीत हुने बताए। ‘यसले संयुक्त राज्य अमेरिका मात्र नभई नेपाल तथा अन्य विकासोन्मुख राष्ट्रहरूमा पनि क्यान्सर उपचारको स्तर सुधार्नेछ,’ उनले थपे।

अमेरिकामा स्थापित विनयतारातारा विश्वभर क्यान्सर उपचारमा रहेको असमानता अन्त्यका लागि कामग गर्दै आएको छ। अमेरिका भित्र सबैभन्दा ठूलो हेमाटोलोजी/अङ्कोलोजी सम्मेलन आयोजकका रूपमा यस संस्थाले हजारौं चिकित्सक, अङ्कोलोजिस्ट, र हेमाटोलोजिस्टलाई नवीनतम उपचार पद्धति र अनुसन्धानबारे ज्ञान प्रदान गर्दै आएको छ।

नेपालमा अहिले २५ बेडको अस्पताल सञ्चालन गरिरहेको विनयताराले २०० बेडको अत्याधुनिक क्यान्सर अस्पतालका लागि काम गरिरहेको छ
मर्डक ट्रस्ट स्वर्गीय मेल्विन जे. (ज्याक) मर्डकको इच्छाअनुसार स्थापना गरिएको हो। यसले अमेरिकाको उत्तरपश्चिमका पाँच राज्य अलास्का, आइडाहो, मोन्टाना, ओरेगन र वाशिङ्टनभित्रका गैरनाफामूलक संस्थाहरूलाई शैक्षिक, सामाजिक, आध्यात्मिक र सांस्कृतिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यले अनुदान प्रदान गर्दै आएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.