पूर्वाधार विकास समितिको बैठकमा सुनकोशी मरिन डाइभर्सनको कार्य प्रगतीबारे छलफल

डिसी नेपाल
११ असार २०८२ १७:१२
36
Shares

काठमाडौं । बुधबार बसेको पूर्वाधार विकास समितिको बैठकमा सुनकोशी मरिन डाइभर्सनको कार्य प्रगतीबारे छलफल भएको छ।

प्रतिनिधिसभा अन्तर्गत आज बसेको गठित पूर्वाधार विकास समितिको बैठकले सुनकोशी मरिन डाइभर्सनको कार्य प्रगतीबारे छलफल गरेको हो।

यसैगरी उक्त छलफलमा बोल्दै पूर्वाधार विकास समितिका सभापति दिपक सिंहले आयोजनाको अध्ययन गर्नको लागि एउटा उपसमिति गठन गर्न आवश्यक रहेको बताए। उनले उपसमिति बनाउँदा एक एक जना सबै दलबाट प्रतिनिधि पठाउँदा राम्रो हुने बताए।

उनले भने, ‘आयोजनाको अध्ययन गर्नको लागि एउटा उपसमिति गठन गर्ने सबैको कुरा समितिमा आएको छ। उपसमिति बनाउँदा एक एक जना आफ्नो आफ्नो दलबाट प्रतिनिधि पठाउँदा राम्रो हुनेछ। आजको यस बैठकले देशभरीका राष्ट्रिय गौरवका योजनाहरुबाटै योजना प्रमुख नै राख्ने निर्णय गर्नुपर्ला। समितिले मागेका प्रमाणपत्रहरु समितिमा मगाईकन अध्ययन गर्नुपर्नेछ।’

यसैगरी, समितिको बैठकमा सुनकोशी मरिन डाइभर्सनको कार्य आयोजनाको (डिएफएसआर) तथा अध्यावधिक खरिद गुरुयोजना स्वीकृत भएको जनाइएको छ। वातावरणीय प्रभाव अध्ययन प्रतिवेदन र पुरक वातावरणीय प्रभाव अध्ययन स्वीकृत भएको समेत छलफलमा जानकारी गराइएको छ।

२०७७ फागुन २० गते आयोजना निर्माण कार्यको शिलान्यास भएर हालसम्म ४६.६१ हे.जमिनको मुआब्जा वितरण सम्पन्न भैइसकेको समेत समितिमा जानकारी गराइएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.