माधव नेपालको थुनछेक बहस सकियो

डिसी नेपाल
११ असार २०८२ १८:४५
1.3k
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको थुनछेक बहस सकिएको छ। विशेष अदालतमा आज उपस्थित भएर बयान दिएका नेपालको थुनछेक बहस सकिएको हो।

बहस सकिएसँगै आजै आदेश हुने विशेष अदालत इजलासले जनाएको छ। थुनछेक बहसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, विशेष सरकारी वकिल कार्यालयका प्रमुख मोहनसागर बस्याल, विशेष सरकारी वकिलकै भगवती गौतम, उमाकान्त पौडेल र ज्ञानप्रसाद भुसालले बहस गरेका थिए ।

उनीहरूले मन्त्रिपरिषद्ले २०६६ पुस २२ गते गरेको निर्णय २९ गते उल्टाएर पतञ्जलीको व्यापार योजनालाई सहयोग पुग्ने गरी निर्णय गरेका कारण उक्त निर्णय नीतिगत हुन नसक्ने र माधव नेपालमाथि कारबाही अघि बढाउनुपर्ने दलिल प्रस्तुत गरेका थिए।

नेपालका तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, गोविन्दप्रसाद बन्दी, खम्बबहादुर खाती, रमन श्रेष्ठ, दिनेश त्रिपाठी, टीकाराम भट्टराईसहितले बहस गरेका थिए।

नेपालका तर्फबाट बहस गर्नेहरूले संविधानको धारा ८२ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा ४ को ‘ख’ बमोजिम अख्तियारले आफ्नो क्षेत्रधिकार मिचेको भन्दै मुद्दा नै खारेज बाँकी रहेको दाबी गरे। उनीहरूले मन्त्रिपरिषद्को कार्यसम्पादनसम्बन्धी ऐनको समेत ख्याल नगरी अख्तियारले मुद्दा दायर गरेको बता‌एका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.