ओभरलोड ट्रक नियन्त्रण गर्न गृह मन्त्री रमेश लेखकको निर्देशन

डिसी नेपाल
१२ असार २०८२ ९:५२
88
Shares

काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले छिमेकी देशबाट नेपालभित्रिने र देशभित्रै चल्ने मालबाहक सवारी साधनमा ओभरलोड गर्न नदिन र त्यसरी आउने ओभरलोड भएका माल बाहक ट्रकहरुलाई पूर्ण रुपमा नियन्त्रण गर्न निर्देशन दिएका छन् ।

बुधबार गृह मन्त्रालयमा सडक क्षेत्रमाहुन सक्ने विपद्को पूर्व तयारी तथाप्रतिकार्य सम्बन्धी बैठकमाकार्यक्रममामन्त्री लेखकले देशका विभिन्न स्थानहरुमा रहेका तौलपुलहरुलाई दुरुस्त बनाउँदै भारबहन क्षमताकाआधारमा सम्पूर्ण मालबाहक सवारीलाई नियमनगर्दै ओभरलोड सवारी साधनलाई सडकमागुड्न नदिन निर्देशन दिएका हुन् ।

गृह सचिव गोकर्णमणी दुवाडी, भौतिक पूर्वाधार तथायातायात मन्त्रालयका सचिव केशवशर्मा, प्रहरी महानिरीक्षक दिपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लगायत सरोकारवालाहरु सहितको बैठकमा त्यस्तो निर्देशन दिएका हुन्।

वर्षा हुनसक्ने पूर्वानुमान गरिने वितिकै विपद् व्यवस्थापनसंग सम्बन्धीत राज्यका सबै संयन्त्रहरु चल्नु पर्ने र सडक क्षेत्रमाहुन सक्ने बाढी, पहिरो साथै जोखिमयुक्त सडकहरुमा सवारी आवागमनबन्द गर्न गृह मन्त्री लेखकले निर्देशन दिए।

उनले भने वर्षा हुने भनेपछि त्यस क्षेत्रमा सवारी चल्नदियो भने त्यहाँको प्रमुख जिल्ला अधिकारी, जिल्लाका प्रहरी प्रमुख, ट्राफिक प्रहरीका प्रमुखलाई कारबाही गर्न गृह प्रशासन, प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरुलाई निर्देशन दिए ।

त्यसैगर यात्रुहरुको ज्यान जोगाउन उद्धार गर्ने चालकहरुलाई पुरस्कृत गरिने र जोखिमका कारण प्रशासनले सवारी चलाउन रोकेको सडकमा जबरजस्ती सविारी गडाउने जोकोहीलाई कारबाही गरिने समेतउनले बताए।

उनले गतवर्ष यात्रुहरुको ज्यान सुरक्षित गर्दै आफ्नो ज्यान गुमाएका चालक मेघनाथ बिकलाई सरकारले सम्मान गरेको स्मरणगर्दै जोखिममाबहादुरी देखाउने दुस्साहस गरेर आफु र अरुको जीवनसंग खेलवाड नगर्न पनि यातायात मजदुरहरुलाई सुझाए ।

बैठकमा यातायात मजदुर तथा व्यवसायीहरुको तर्फबाट १७ बुँदे आचार संहिता प्रस्तुत गरिएको थियो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनकाअध्यक्ष भीम ज्वाला राईले प्रस्तुत गरेकाे आचार संहितामा प्रस्थानबिन्दुबाट गन्तव्य सम्मको सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा तय गरिने, यात्रा तय गर्नु अघि सवारी साधनको मर्मत सम्भार गरि यान्त्रिकअवस्था दुरुस्त राखिने, प्रस्थानबिन्दु र गन्तव्य स्थानको विवरण खुलाई सबै यात्रुहरुको नाममाअनिवार्य टिकट उपलब्ध गराइने, सवारीसाधनको क्षमता भन्दा बढीयात्रु नचढाउने र मालबाहक सवारीसाधनमा मालसमानहरु ओभरलोड नगर्ने प्रतिवद्धताहरु रहेका छन् ।

त्यस्तै सडकको अवस्था र यातायात आवागमनबारे अपडेड हुने, सवारीसाधनमा यात्रारत यात्रुहरुको परिचयखुल्ने विवरण दुरुस्त राखिने, यात्रुहरुलाई खाजा खाना तथा रिफ्रेसमेन्टकालागि सवारी रोक्दा वा विश्राम गर्दा सुरक्षित स्थानको पहिचान गरेर मात्रै गरिने सडकको अवस्थाको सूचनाकालागिप्रहरी, ट्राफिकप्रहरी, स्थानीय निकायसंग समन्वय गरिने, यात्राका क्रममा मादकपदार्थ तथानशालु पदार्थको प्रयोग नगर्ने र नगराउने लगायतका प्रतिवद्धता रहेका छन् ।

त्यसैगरी सरकारले जारी गरेको निर्देशनहरुको पालना गरिने, सवारीसाधन सञ्चालन गर्न रोकेको सडकमा जोखिम मोलेर सवारीसाधन सञ्चालननगर्ने, सवारी साधनमा काम गर्ने श्रमिकहरुको पहिचान खुल्ने परिचयपत्र लगाएर मात्रै सेवा गरिने, सवारी साधनबाटोमा बिग्रीएमावा रोकिने अवस्था आएमा यात्रुहरुलाई अलपत्रनहुने गरी वैकल्पिक व्यवस्था गर्नुका साथै यात्रुहरुले मांग गरेमा भाडाफिर्ता गरिने, सवारी साधनमायात्रुहरुलाई बाधापुग्ने गरी म्युजिक तथा भिडियो सिस्टम नचलाइने । लैङ्गिक हिंसालाई प्रोत्साहित गर्ने वा महिलाहरुको अपमान हुने खालको गीत, संगित वा भिडियो नबजाइने यातायात मजदुर व्यवसायीको प्रतिवद्धता रहेको छ ।

त्यस्तै सवारी साधनका चालकले आवश्यक भएमा मात्र हर्नको प्रयोग गर्ने । हर्न निषेधित क्षेत्र माहर्नको प्रयोग साथै प्रेशर हर्नको प्रयोग नगर्ने, लामो दुरीका सवारी साधनमा अनिवार्य रुपमा प्राथमिक उपचारका साधन राखिने, यात्रा गर्ने महिला, बालबालिका, वृद्धवृद्धा र अशक्तहरुलाई सम्मान पूर्व र सुरक्षित यात्रा गराउने साथै सम्पूर्ण यात्रुहरुलाई यात्रुमैत्रीव्यवहार गर्ने साझा प्रतिवद्धता सहितको आचार संहिता प्रस्तुत गरेको छ ।

गृह मन्त्री लेखकले यातायात मजदुर व्यवसायीहरुले तयार गरेको १७बुँदे आचार संहिताअत्यन्त सराहनिय रहेको भन्दै तत्काल कार्यान्वयन गर्न र मजदुर व्यवसायीहरुसम्म तत्काल पुर्याउँदै सबैलाई अभियानमा परिचालन गर्न आग्रह गरे ।
बैठकमा राष्ट्रिय अनुसन्धानविभागकामुख्य अनुसन्धान निर्देशक हुतराज थापा, राष्ट्रियविपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्ट, गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारी, गृह मन्त्रालयका सहसचिवडा टोकराजपाण्डे, जलतथा मौसम विज्ञानविभागका उप महानिर्देशक सुमन रेग्मी, सडकविभागका उप महानिर्देशकभूवनअधिकारी, नोपलयातायात स्वतन्त्रमजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्म भण्डारी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतम, सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपाल, काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एस एस पी नवराज अधिकारी लगायत सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

यस्तो छ मजदुर व्यवसायीहरुको साझाआचार संहिताः
सडक क्षेत्रमा हुन सक्ने विपद्बाट बच्न र बचाउन
यातायातमजदुर तथा व्यवसायीहरुको साझाआचार संहिता
हामी निम्नआचार संहितापालना गर्न प्रतिवद्धछौँ।
१.प्रस्थानबिन्दुबाटगन्तव्यसम्मको सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा तय गर्दछौँ ।
२.यात्रा तय गर्नु अघि सवारीसाधनको मर्मतसम्भार गरि यान्त्रिकअवस्था दुरुस्त राख्नेछौँ ।
३. प्रस्थानबिन्दु र गन्तव्य स्थानको विवरणखुलाई सबै यात्रुहरुको नाममाअनिवार्य टिकटउपलब्ध गराउँनेछौँ ।
४.सवारीसाधनको क्षमताभन्दाबढीयात्रु चढाउने र मालबाहक सवारीसाधनमामालसमानहरु लोड गर्ने कार्य गर्ने छैनौँ ।
५.सडकको अवस्था र यातायातआवागमनबारे सञ्चार माध्ययमबाटअपडेड हुनेछौँ ।
६. सवारीसाधनमायात्रारत यात्रुहरुको परिचयखुल्ने विवरण दुरुस्त राख्नेछौँ ।
७.यात्रुहरुलाई खाजाखानातथा रिफ्रेसमेन्टकालागि सवारी रोक्दावाविश्रामगर्दा सुरक्षित स्थानको पहिचान गरेर मात्रै गर्नेछौँ ।
८. सडकको अवस्थाको सूचनाकालागिप्रहरी, ट्राफिकप्रहरी, स्थानीयनिकायसंग समन्वय गर्नेछौँ ।
९.यात्राकाक्रममामादकपदार्थ तथानशालु पदार्थको प्रयोग नगर्ने र नगराउने प्रतिवद्धतागर्दछौँ ।
१०.सरकारले जारी गरेको निर्देशनहरुको पालना गर्नेछौँ । सवारीसाधन सञ्चालन गर्न रोकेको सडकमा जोखिम मोलेर जवरजस्ती सवारीसाधन सञ्चालन गर्नेछैनौँ ।

११.सवारीसाधनमाकाम गर्ने श्रमिकहरुको पहिचानखुल्ने परिचयपत्रलगाएर मात्रै सेवा गर्न प्रतिवद्धछौँ ।
१२. सवारी साधनबाटोमा बिग्रीएमावा रोकिने अवस्थाआएमायात्रुहरुलाई अलपत्रनहुने गरी वैकल्पिकव्यवस्था गर्नेछौँ । यात्रुहरुले मांग गरेमा भाडाफिर्ता गरिनेछ ।
१३. सवारी साधनमायात्रुहरुलाई बाधापुग्ने गरी म्युजिकतथाभिडियो सिस्टमचलाइने छैन् । लैङ्गिक हिंसालाई प्रोत्साहित गर्ने वामहिलाहरुको अपमानहुने खालको गीत, संगितवाभिडियो बजाइने छैन ।
१४. सवारी साधनकाचालकले आवश्यकभएमामात्रहर्नको प्रयोग गरिनेछ । हर्न निषेधित क्षेत्रमाहर्नको प्रयोग साथै प्रेशर हर्नको प्रयोग गरिनेछैन ।
१५. लामो दुरीका सवारी साधनमाअनिवार्य रुपमाप्राथमिकउपचारका साधन ९ँष्चकत ब्ष्म द्ययह० राखिनेछ ।
१६.यात्रा गर्ने महिला, बालबालिका, वृद्धवृद्धा र अशक्तहरुलाई सुरक्षितयात्रा गराउनप्रतिवद्धछौँ ।
१७. सम्पूर्ण यात्रुहरुलाई यात्रुमैत्रीव्यवहार गर्न प्रतिवद्धछौँ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.