पर्सामा मालबाहक ट्रकबाट तीन क्वीन्टल चरेश बरामद
Compressed by jpeg-recompress
पर्सा। पर्सामा मालबाहक ट्रकबाट प्रहरीले तीन क्वीन्टल बढी चरेश बरामद गरेको छ।
मंगलबार बेलुका प्रहरीले वीरगन्ज महानगरपालिका-२१ परवानीचोकबाट प्रदेश-२-०३-००१ख ६३४८ नम्बरको ट्रक नियन्त्रणमा लिँदा ठूलो परिमाणामा चरेश फेला परेको हो।
परवानीपुरबाट ड्राइपोर्टतर्फ जाँदै गरेको उक्त ट्रकबाट प्रहरीले चरेश तीन क्वीन्टल साढे २० किलो चरेश बरामद गरेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए।
ट्रकको पछाडिको ढालामा तीन क्वीन्टल १७ किलो ५०० ग्राम चरेश र तीन किलो चरेशको धुलो फेला परेको थियो।
उक्त ट्रक भारततर्फ जान लागेको थियो। लम्सालका अनुसार ट्रक चालक मकवानपुर थाहा नगरपालिका-१२ का ३६ वर्षीय बुद्धिबहादुर स्याङताङ पक्राउ परेका छन्।
उनको साथबाट १ लाख ९२ हजार रुपैयाँ बरामद भएको लम्सालले बताए। चालकलाई पर्सा प्रहरीको हिरासतमा राखेर अनुसन्धान थालिएको छ।







डिसी नेपाल








Facebook Comment