शक्ति केन्द्रलाई खुसी पार्दा जहिलेपनि नेपाललाई घाटा

पूर्ण ओली
१५ असार २०८२ ७:४६
136
Shares

बहुदलीय ब्यबस्था आएपछि कांग्रेस र कम्युनिष्ट नेताको मुल उद्देश्य कसरी भारतालाई खुसी पारेर सत्ता जोगाउने ध्याउन्न मात्र बनाएका देखिन्छन्। नेपालमा राजा सकृय हुँदासम्म सत्ताको मुल चाबी राजामा केन्द्रित थियो।

तर भारतको चाहना र दवावपछि आएको बहुदलीय ब्यबस्थामा राजा संबैधानिक भएपछि नेपालका नेताहरु भारतमुखि भए। उनीहरुको मुल उद्देश्य कसरी भारतलाई खुसी पारेर सत्ता टिकाउनु मात्र भएको छ। यदि नेताहरु सबै एक भएर नेपालको हितमा बलियो दृढ संकल्प गर्ने हो भने भारतले नेपाललाई नचाउन सक्ने थिएन।

२००७ सालको क्रान्ति, २०४६ सालको आन्दोलन अनि २०६३। ६४ सालको आन्दोलनबाट नेपाली जनताले के पाए? शिर्फ नेपाली जनताको टाउकोमा ऋणको भार थपिँदै गयो। शासक र नेता शक्तिशाली भए र सम्पन्न भए। जनता झनै गरिब भए। युवाहरु बेरोजगार भएर बिदेशीन बाध्य भए।

सबैतिर राजनीतिकरण मात्र भएर दलहरुको रजाइँमा देश चलेको छ। सामुदायिक शिक्षण संस्थाहरुको पढाइको गुणस्तर खस्केर निजीमा पढ्नेहरु बिकसित देश जान थाले भने सरकारीमा पढ्ने खाडी मुलुक जाने योग्यमात्र भए। नेताहरु शिर्फ बिदेशीका दास बनेर उनीहरुको हितमा मात्र चल्न थाले।

नेपालका नदी नाला प्राकृतिक श्रोत प्रायजसो सबै भारतको नियन्त्रणमा पुगिसकेका छन्। राष्ट्रियता खस्कँदो अबस्थामा पुगेर अहिले राष्ट्रबादी जनता र राष्ट्रघाती नेताबीच टसल भइरहेको अबस्था छ। यही भएर सरकार बिरोधी दवाउन तल्लीन छ। जनता आक्रोशित छन्।

पञ्चायती ब्यबस्थामा राजा महेन्द्रले मात्र १० वर्षमा गरिब र लुकेको नेपाललाई संसारभर चिनाए। अनेक गरेर शक्तिशाली राष्ट्रलाई खुसी पारेर संयुक्त राष्ट्रसंघको सदस्य बनाए। पूर्वाधार बिकासमा कायापलट गरिदिए। प्रशस्तै उद्योगहरु खोलिए।

यी सबै तिनै बिकसित देशका सहयोग र अनुदानमा गरिएका थिए जसले नेपाललाई चिनेका थिएनन्। मात्र भारत र चीनलाई मात्र चिनेका थिए। यसले नेपाली जनतालाई कुनै ऋणको भारी बोकाएनन्। बरु लाखौं नेपालीलाई रोजगार बनाए। यी सबै गर्दा नेपाल कहिल्यैपनि भारतसँग झुकेन। सधैं टक्कर मात्र लिनु पर्‍यो।

कहिले नेपाललाई भारतमा गाभ्ने कुरा गरिन्थ्यो, कहिल्यै सम्पूर्ण तराई भारतमा गाभ्ने कुरा गरिन्थ्यो, कहिले नेपाललाई भुटानजस्तो भारतमा निर्भर हुने देश बनाउन दवाब दिइन्थ्यो। तर राजाहरु यी कुरालाई स्वीकार नगरी भारतसँग टक्कर लिएर बसे। नेपालको स्वाभिमान बचाएर राखेका थिए।

त्यतिबेला राजा बिदेश जाँदा त्यहाँका शासक एयरपोर्टमा लिन आउँथे। नेपालीहरुको इज्जत संसारभर थियो। कतिपय देशमा नेपालीलाई भिसा चाहिँदैनथ्यो। त्यसको मतलब सत्तामा बस्ने कुनै लोभलालच नगर्ने स्वाभिमानी, इमान्दार, क्षमतावान र राष्ट्रप्रेमी हुने हो भने कुनैपनि राष्ट्रले दवाउन सक्तैन।

अहिले एउटा सानो देश इजरायल वरिपरि शत्रु भएर पनि टिकिरहेको छ। त्यस्कालागि राष्ट्र बचाउने प्रमुख स्वाभिमानि अभिप्राय र देशको लागि जेजस्तो परिआए पनि युद्ध गर्न समेत बिदेशदेखि आउन पनि तयार हुन्छन् यहुदीहरु।

हामी नेपालीमा एकता कायम गरेर स्वाभिमानका साथ अघि बढेर देश बिकासलाई मात्र प्रमुख लक्ष्य बनाउने हो भने हामीले पनि केही गर्न सक्छौं। परिआएको खण्डमा युद्ध नै परिहाल्यो भने हामी वीर नेपाली कोहीसँग नझुकी बाँच्न सक्छौं। संसारभरका नेपाली लगायत बिदेशमा कार्यरत गार्खाली सेनासमेत नेपाल बचाउन आउनेछन्। तर हामी स्वार्थी, भ्रष्ट, अनैतिक, र बिदेशीका दलाल हुनु भएन।

अहिलेका नेताको प्रमुख कमजोरी नै यही छ। आफू भ्रष्ट र अनैतिक छन्। त्यही भएर भारतलगायत अमेरिकाको चाप्लुसी गरेर सत्तामा टिक्न चाहन्छन्। उनीहरुलाई मात्र पैसा चाहिन्छ। आफ्नो परिवारको सुखसयल र मोजमस्तीमा मात्र ध्यान दिन्छन्।

बिदेशीको जेजस्तो सहयोगको हात थाप्न पछि हट्दैनन्। यदि अझैपनि आफ्नो खुट्टामा उभिन प्रयास गर्ने हो र खाद्यान्नमा मात्र भएपनि अहिलेलाई आत्मनिर्भर हुने हो भने हामीलाई भारतलगायत पश्चिमाले हेप्न सक्दैनन्। केही बिशेष आधुनिक टेक्नोलोजिमा सहयोग लिन अलग कुरा हो।

नेपालका नेताका कमजोरी बुझेका भारतीय अबसरबादी नेताले नेपालका सत्ताधारीलाई सजिलै आफ्नो स्वार्थमा दुरुपयोग गर्न सक्छन्। त्यसैले नेपालका प्रधानमन्त्रीले भारतले निमन्त्रणा दियो भन्दैमा हौसिनु हुँदैन। उसले लिन्छ मात्र नेपाललाई केहिपनि दिँदैन। दिने भनेको केही छात्रबृति र बाँकी तनाब मात्र हो।

उसलाई थाहा छ नेपाललाई ठूलो तनाब खुला सिमानबाट हुन्छ जहाँबाट तस्कर अबैध ड्रग्स र हतियार तथा अपराधिमात्र होइन उसका सुरक्षा निकाय घुसेर नेपालीलाई अपहरण पनि गर्छन। तर भारतले खुला सिमाना नियन्त्रण गर्ने कुरा गर्दैन नत नेपाली नेताले हिम्मत गर्छन्। इपिजिको प्रस्ताबको कुरा उठाउने हिम्मत अब हाम्रा प्रधानमन्त्रीले गर्लान्?

अहिले हाम्रा धेरै नेपाली बिदेशमा अध्यन गरेर धेरै बिज्ञ, बैज्ञानिक, अनुसन्धानकर्ता तथा सम्पन्न भइसकेका छन्। उनीहरु अहिले नेपाल फर्केर यस देशको बिकास गर्न चाहन्छन्।

उनीहरु शिर्फ नेपाल फर्कने सहज वातावरण सरकारले बनावस भन्ने चाहन्छन्। जसका लागि एकपटकको नेपाली सधैंको नेपाली होस् भन्ने आशा गरेका छन्। जसरी चीन, भारत, मलेसिया, भियतनाम जस्ता देशलेपनि आफ्ना बिदेशमा भएका बिज्ञहरुलाई स्वदेशमा बोलाएर त्यस देशको बिकासमा प्रमुख भुमिका खेलिरहेका छन्।

हाम्रो काम बिदेशीलाई खुसि पार्नु भन्दा देशको बिकास गरेर जनतालाई खुसि पार्नु हो। हामीले गर्नुपर्ने प्रमुख कार्य नै कृषि उत्पादनमा बिशेष ध्यान दिनु हो। यसको लागि पहिलो कदम सिचाईंलाई प्राथमिकतामा राख्नुपर्छ। जुनकुरा नभइ कृषि उत्पादन हुन सक्तैन।

मात्र बर्षे पानीको एकबालीले उत्पादन पर्याप्त हुँदैन र त्यही भएर अरबौंको खाद्यान्न मात्र आयात गर्नुपरेको छ। अनि अर्को प्रमुख बिषय भनेको युरिया मल हो। जसको लागि अरबौंको मल हरेक बर्ष खरिद गरेरपनि जहिलेपनि कृषकले मल नपाएको गुनासोमात्र सुनिन्छ।

पञ्चायती ब्यबस्थादेखि नेपालमा मल कारखाना खोल्ने कुरा हुँदा त्यतिखेर बिद्युतको कमि भयो भनिन्थ्यो। तर अहिले हामी भारत र बंगलादेशलाई बिजुली बेच्ने अबस्थामा पुगिसक्दा पनि जहिलेपनि मल कारखाना खोल्ने कुरामात्र किन गरिन्छ? यसको जवाफ भनेको मल आयत गर्दा आउने करोडौंको कमिसनले हो।

यो कर्मचारीको तहदेखि मन्त्री प्रधानमन्त्रीको तहसम्म पुग्छ भनिन्छ। योजना बनाउँदा मल कारखाना खोली हाल्ने कुरा गर्ने अनि कर्मचारीले त्यसलाई वास्ता नगरी टार्ने गरिन्छ। यो सबै कमिसन र भ्रष्टचारको संजालले हो।

हालका प्रधानमन्त्री केपी ओली पहिलोचोटी प्रधानमन्त्री हुँदा झाँपामा मल कारखाना खोल्ने कुरा बाहिर आयो। अहिले फेरि कुरा आउँछ तर त्यत्तिकै सेलाउनुमा बिशिष्ट कर्मचारीको स्वार्थसँग बाझिएकोले हो।

अझैपनि हिँउमा भारतसँग बिजुली खरिद गर्नको कारण कुलेखानि पछि अर्को जलाशययुक्त जलबिद्युत आयोजना नबन्नु हो। बुढीगण्डकी आयोजनाको नाममा अरबौंको रकम जम्मा गरेर राखेको सुनिन्छ। तैपनि किन जलाशययुक्त बुढीगण्डकी आयोजना बन्दैन? कतै उक्त रकम नेताहरुले बिदेश त पुर्‍याएनन् भन्ने संका उब्जिएको छ।

यस्ता ठूला आयोजनामा चीन, जापान, कोरियाबाट सहयोग लिन सकिएमा त्यस्ता आयोजना समयमा बन्न सक्छन्। तर भारतलाई जिम्मा लगाउने हो भने ती आयोजना समयमा बन्दैनन। किनकि यसकाे ज्वलन्त उदाहरण पण्चेश्वरको बहुउदेश्य आयोजना हो जुन बर्षौदेखि रोकिएको छ।

किनकि यसबाट भारतले प्रसस्त पानीको उपयोग गरिरहेको छ। त्यसकारण हाम्रा नेताले भारतलाई खुसी पारेर काम छैन। मात्र नेपाली जनतालाई खुसि पार्ने प्रयास गरेमा यो सत्ता पनि टिकिरहन्छ र ब्यबस्था पनि रहिरहन्छ।

अन्यथा अझैपनि सत्ताको शक्तिमा मात्र रमाउने र बिरोधिका आवाज दवाउने कार्य मात्र गर्ने तर कृषक, युवा, बिद्यार्थीको हितमा कुनै ठोस कार्य योजना कार्यन्वयन नगर्ने हो र राम्रालाई भन्दा हाम्रालाई मात्र बढि जोड दिइरहने हो भने अहिलेका नेता मात्र होइन ब्यबस्था बदलिने निश्चित छ। अहिलेका सत्ताधारी बेलैमा सचेत भए हुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.