भ्याली भ्यु स्कुलको एसईईमा उत्कृष्ट नतिजा, १० जनाले ल्याए ४.० जीपीए
काठमाडौं । मध्य बानेश्वरस्थित भ्याली भ्यु स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा ऐतिहासिक सफलता हासिल गरेको छ।
विद्यालयका १० जना विद्यार्थीले पूर्ण ४.० जीपीए ल्याएर स्कुलको शैक्षिक उत्कृष्टतालाई अझ मजबुत बनाएका छन्। विद्यालयले ‘एजुकेशन फर प्रश्नालिटी डेभ्लपमेन्ट’ नारालाई आत्मसात गर्दै विद्यार्रूको सर्वाङ्गिण विकासमा जोड दिँदै आएको छ। यसैको परिणामस्वरूप यस वर्षको एसईईमा विद्यार्थीहरूले उल्लेखनीय सफलता प्राप्त गरेका छन्।
पूर्ण ४.० जीपीए ल्याउने विद्यार्थीहरूमा आरव झा, आँचल गौतम, आरशिया बास्कोटा, अदिति रञ्जन कर्ण, अनुस्का आचार्य, दिप्सन खनाल, दिप्ती रेग्मी, रिती दाहाल, श्रेय दाहाल र श्रेयान प्रसाद पाण्डे छन्।
विद्यालयले सार्वजनिक गरेको नतिजा विवरणअनुसार ३.९६ जीपीए ल्याउने २६ जना, ३.९१ देखि ३.९५ बीचका २९ जना, ३.८० देखि ३.९० बीचका ३५ जना, ३.६१ देखि ३.७९ बीचका ३८ जना, ३.२१ देखि ३.६० बीचका २२ जना र २.८३ देखि ३.२० बीचका ४ जना विद्यार्थी रहेका छन्।
विद्यालयका प्रिन्सिपल तथा व्यवस्थापन समूहले यस उपलब्धिको श्रेय विद्यार्थीहरूको निरन्तर परिश्रम, शिक्षकहरूको समर्पण र अभिभावकहरूको विश्वास तथा सहकार्यलाई दिएका छन्।
भ्याली भ्यु स्कुल सधैं गुणस्तरीय शिक्षा र विद्यार्थीको समग्र विकासमा केन्द्रित रहँदै आएको प्रन्सिपल शुभाषचन्द्र भण्डारीले बताए। यो सफलता विद्यालय समुदायको सामूहिक प्रयासको उत्कृष्ट उदाहरण बनेको उनको भनाइ छ।







डिसी नेपाल








Facebook Comment