तेह्रथुम पावर कम्पनीको हकप्रद सेयर आजदेखि निष्कासनमा

डिसी नेपाल
१६ असार २०८२ ९:२६
32
Shares

काठमाण्डौ। तेह्रथुम पावर कम्पनीको हकप्रद सेयर आजदेखि निष्कासनमा रहेको छ। कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँ बराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरले ४० लाख कित्ता हकप्रद जारी गरेको हो।

गत जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले आज देखि आगामी साउन ४ गते सम्म हकप्रद शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत जेठ ५ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट वैशाख १९ गते हकप्रदका लागि अनुमती पाएको थियो । यस कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

हकप्रद बिक्रीबाट प्राप्त रकम लाई यसै कम्पनीले प्रवद्र्धन गरेको क्यासकेट परियोजनाको रूपमा रहेको २ मेगावाट क्षमताको खोरुङ्गा ताङ्गमाया खोला जलविद्युत आयोजना निर्माण र अन्य लाभदायक हाइड्रोपावर कम्पनीमा लगानी गर्ने र बाँकी रहेको रकम बैंकको कर्जा तिर्न प्रयोग गरिने कम्पनीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *