सिजी फुड्सको व्यापार निरन्तर ओरालो तर्फ
काठमाडौं। सिजी फूड्सको व्यापार निरन्तर ओरालो तर्फ रहेको पाइएको छ।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले गरेको रेटिङ अनुसार पछिल्लो समय बजारमा स्पाइसी चाउचाउको बढ्दो प्रतिस्पर्धाका कारण चौधरी समुहको उत्पादन वाइवाइको व्यापारमा गिराव आएसँगै सिजी फुड्सको व्यापार ओरालो लागेको हो।
इक्रा नेपालले हालै प्रदान गरेको रेटिङ अनुसार सिजी फुड्सको व्यापार सन् २०२५ को ९ महिनामा ५ अर्ब ७१ करोड रुपैयाँमा झरेको छ। सीजीले ९९ करोड ५५ लाख रुपैयाँ कर्जा लिन रेटिङ गराएको हो।
यसअघि सन् २०२४ मा सिजी फुड्सको कुल व्यापार ८ अर्ब १० करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो। सन् २०२३ मा कम्पनीले ९ अर्ब ११ करोड रुपैयाँ कुल कारोबार गरेको थियो।
आर्थिक वर्ष २०२४ मा कम्पनीको आम्दानी ११ प्रतिशतले घटेको थियो। आर्थिक वर्ष २०२५ को पहिलो ९ महिनामा पनि वार्षिक आधारमा ६ प्रतिशत गिरावट देखिएको हो। यसको प्रमुख कारण चाउचाउ बिक्रीमा कमी र नयाँ उत्पादनको ठोस बजार विस्तार नहुनु कम्पनीले जनाएको छ।
पछिल्लो समय ‘कोरियन स्टाइल’ वा ‘स्पाइसी’ नुडल्सको लोकप्रियताले बजार पाउँदा पारम्परिक ‘ब्राउन’ वाइवाईले प्रतिस्पर्धा गर्न नसकेको देखिएको रेटिङ रिपोर्टमा उल्लेख छ। बजारमा नयाँ ब्रान्डहरू तीव्र रूपमा उदाउँदै गर्दा वाइवाईले आफ्नो पुरानो मोडल परिवर्तन गर्न ढिलो गर्यो।
यद्यपि कम्पनीले नयाँ स्पाइसी उत्पादनहरू ल्याउने प्रयास थालेको पनि बजारमा खासै प्रभाव जमाउन छैन। आव २०२४ मा कम्पनीको सञ्चालन मुनाफा मार्जिन ९.९ प्रतिशत थियो भने चालू वर्षको पहिलो ९ महिनामा यो घटेर ६ प्रतिशतमा सीमित भएको छ।







डिसी नेपाल







Facebook Comment