श्रीमतीको हत्यामा संग्लन श्रीमान पक्राउ

डिसी नेपाल
१६ असार २०८२ १२:४१
104
Shares

रौतहट। रौतहट प्रहरीले श्रीमतीको हत्यामा संग्लन श्रीमानलाई पक्राउ गरेको छ।

ईशनाथ नगरपालिका वडा नम्बर ७ घिउरा टोल निवासी फैयाद मियाँलाई प्रहरीले पक्राउ गरेको हो। गहुँ खेतमा लगेर श्रीमती चाँदनी खातुनको घाँटीमा सलले बेरेर र मुख थिचेर हत्या गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस नोटमा ईशनाथ नगरपालिका-४ मठिया टोलस्थित भगाई साह बनियाको गहुँ खेतमा वि.सं.२०७८ साल माघ २६ गते खातुनको शव फेला परेको उल्लेख छ।

श्रीमतीको हत्या गरी फरार रहेका श्रीमानलाई तीन वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दीपक कुमार रायले जानकारी दिए।

उनका अनुसर पक्राउ परेका फैयाद मियाँलाई रौतहट जिल्ला अदालतबाट म्याद थप गराई घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
रौतहट प्रहरीले अदालतको फैसला कार्यान्वयन अन्तर्रगत फरार प्रतिवादीहरुलाई पक्राउ गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.