दक्षिण सुडानका लागि नेपाल चेम्बर अफ कमर्सको व्यापार प्रतिनिधि रामप्रसाद पाध्या नियुक्त

डिसी नेपाल
२० असार २०८२ ९:५६
380
Shares

काठमाडाैं। दक्षिण सुडान गणराज्यको लागि नेपाल चेम्बर अफ कमर्सको मानार्थ व्यापार प्रतिनिधिको रूपमा इन्फ्रा नेपाल इन्भेस्टमेण्ट कम्पनीका अध्यक्ष रामप्रसाद पाध्या नियुक्त भएका छन्।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठ र दीपक मल्होत्रा को उपस्थितिमा उकलाई नियुक्ति दिइएको थियो।

सो भूमिकाले नेपाल र दक्षिण सुडान बीचको व्यावसायिक सम्बन्ध अभिवृद्धि गर्न महत्वपूर्ण कोसेढुङ्गा साबित हुनेछ आशा गरिएको छ। सो बसर मा प्रतिनिधि पाध्याले नेपाल चेम्बर अफ कमर्सप्रति आभार व्यक्त गर्दै नेपाल र दक्षिण सुडानबीच पारस्परी ब्यापार र ट्रेडका क्षेत्रमा सहजीकरण गर्न आफू लागी पर्ने बताएका थिए।

चेम्बर्स एण्ड कमर्सका झण्डै ४ दर्शन देशमा यस्तै प्रतिनिधीहरुले नेपालको प्रतिनिधित्व गरिरहेका छन्। ब्यबसायी पाध्या द्वन्द्वग्रस्त साउथ सुडानको जुवामा झण्डै २ दशकदेखि ब्याबसाय गर्दै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *