बाली नजिकै डुङ्गा डुब्दा हराइरहेकाहरुको खोजीकार्य जारी, ६ जनाको मृत्यु

डिसी नेपाल
२० असार २०८२ ११:४१
140
Shares

एजेन्सी। इन्डोनेसियाको पर्यटकीय टापु बाली नजिकै डुङ्गा डुब्दा हराइरहेकाहरुको खोजीकार्य जारी छ। दुर्घटनामा परेको डुङ्गामा ५३ यात्रु र चालक दलका १२ जना सदस्य थिए।

बुधबार स्थानीय समय अनुसार राति ११ः२० बजे जाभा टापुको पूर्वी तटमा रहेको बान्युवाङ्गीबाट बाली जाँदै गर्दा डुङ्गा डुबेको बताइएको छ।

इन्डोनेसियाली खोज तथा उद्धार टोलीहरूले जीवित व्यक्तिहरूको खोजी कार्यलाई निरन्तरता दिइरहेका छन्। खोज तथा उद्धार कार्यालयका प्रवक्ता गुस्ती आयु केतुत विजयन्तीले बिहीबार साँझ रात परेका कारण खोज तथा उद्धार कार्य स्थगित गरिएको र शुक्रबारबाट पुनः सुरु गरिएको बताए।

जसमध्ये छ जनाको मृत्यु भएको पुष्टि भएको छ, २४ जना अझै बेपत्ता छन् र ३५ जना बाँचेका छन्। आपत्कालीन अवस्थाका लागि धेरै एम्बुलेन्सहरू तयार राखिएको छ।(सीसीटीभीप्लस)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.