हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको इभी गाडी इन्द्रसरोवरमा दुर्घटना, पाँच जना घाइते

डिसी नेपाल
२० असार २०८२ १८:३४
556
Shares

हेटौँडा। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, रातमाटेमा इभी गाडी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

शुक्रबार दिउँसो हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ०५५१ नम्बरको इभी गाडी भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार सडकको घुम्तीमा ब्रेक लगाएपछि गाडीको टायर चिप्लिएर सवारी करिब १५ मिटर तल खस्दा दुर्घटना भएको हो।

दुर्घटनामा पर्सा जिल्ला, जिरा भवानी गाउँपालिका–३ का ३५ वर्षीय चन्द्र सन्जु गौरे, भारत बिहारका ९ वर्षीय रिसाहद कुमार, ३५ वर्षीय उमाशंकर कुमार, २७ वर्षीय जताशंकर कुमार र राकेश कुमार घाइते भएका छन्। घाइतेहरूलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।

यस घटनापछि गाडी चालक बारा जिल्लाको परमाणीपुर गाउँपालिका–२ का २२ वर्षीय राजाराम साहलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.