संसद गरिमामय हो, हावादारी क्रियाकलाप बन्द होस् : सांसद बर्तौंला
काठमाडौं । नेकपा (एमाले)का सांसद महेश बर्तौंलाले संसदमा केही सांसदहरुले निजी प्रचारको लागि हावादारी कुरा गरेको भन्दै आक्रोश पोखेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भाइरल बन्नको लागि संसद्जस्तो गरिमामय स्थानमा जथाभावी र हावादारी क्रियाकलाप हुँदै आइरहेको बताएका हुन्।
उनले भने,‘यो संसद्मा निजी प्रचारको लागि कतिपय सांसदले असाध्यै गलत कुरा व्यक्त गरिरहनुभएको छ। भाइरल बन्नको लागि संसद्जस्तो गरिमामय स्थानमा यसप्रकारको जथाभावी र हावादारी क्रियाकलाप गरेर जहिल्यै पनि, हरेक दिन र हरेक बैठकमा गलत र दुषित समाचार सम्प्रेषणको स्रोत यो संसद् बनाउन खोजिँदैछ। यसतर्फ म सिंगो हाउसको गम्भीर ध्यानाकार्षण गराउन चाहन्छु।’
उनले खेतीबारीको सिजन भएकोले मल र खाद्यको समस्या भएको भन्दै यसको प्रवन्ध गरिनुपर्ने बताए। उनले सिंगो देश मलको समस्यामा रहेकोले मलको व्यवस्थापन गर्नुपर्ने बताए।







डिसी नेपाल








Facebook Comment