‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’

डिसी नेपाल
२५ असार २०८२ २२:४९
24
Shares

काठमाडौं। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीमा नेतृत्वको विषयमा छलफल गर्ने बेला नभएको बताएका छन्।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा एमाले उपत्यका विशेष प्रदेश कमिटीको बैठकलाई आज सम्बोधन गर्दै उनले अहिले विधान महाधिवेशनमा आइरहेकाले पार्टीले विधि र विधानको विषयमा प्रवेश गरेको बताए।

‘अहिले विधि र विधानको कुरा गर्ने समय हो। विधि र विधानभन्दा बाहिर गएर छलफल गर्न आवश्यक छैन,’ महासचिव पोखरेलले भने, ‘जतिबेला नेतृत्व चयनको विषय आउँछन त्यतिबेला त्यस विषयमा प्रवेश गर्नुपर्दछ। नेतृत्वको बारेमा बहस गर्ने बेला भएकै छैन।’

उनले पार्टीको वैचारिक र राजनीतिक काममा पार्टीको ध्यान पुग्न नसकेको बताए। ‘पार्टीको नीति नियम, दस्तावेजले होइन मोबाइलले हामीलाई दिशानिर्देश गरेको छ,’ उनले भने।

महासचिव पोखरेलले पार्टीलाई समाज बदल्ने उद्देश्यतर्फ केन्द्रित गर्नुपर्नेमा जोड दिए। महासचिव पोखरेलले मिसन २०८४ मा पार्टी एकताबद्ध भएर लैजानु आवश्यक रहेको छ।

कमिटीका अध्यक्ष प्रेम पराजुली कमिटीलाई विधान महाधिवेशन केन्द्रित गरिएको जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.